गुर्भाकोट नगरपालिकाद्वारा प्याराग्लाइडिङ र -याफ्टिङको अध्ययन गर्दैं «

गुर्भाकोट नगरपालिकाद्वारा प्याराग्लाइडिङ र -याफ्टिङको अध्ययन गर्दैं

सुर्खेतको गुर्भाकोट नगरपालिकाले आफ्नो पालिकाभित्र ¥याफ्टिङ र प्याराग्लाइडिङको संभाव्यता अध्ययन गर्ने भएको छ । भेरी नदीमा -याफ्टिङ र धारापानी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनका लागि नगरपालिकाले संभाव्यता अध्ययन गर्ने भएको हो । उक्त अध्ययनका लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०७६-७७ मा बजेट विनियोजन गरेको छ । पर्यटन विकासका लागि चालू आर्थिक वर्षमा संभाव्यता अध्ययन गरिने मेयर हस्त पुनले जानकारी दिए ।
उनकाअनुसार भेरी नदीको रैकरदेखि चिप्लेसम्म -याफ्टिङ र धारापानीको कोट र जुरीचुलाबाट प्याराग्लाइडिङ गर्न सकिने संभावनाबारे अध्ययन गरिनेछ । उक्त कार्य काम चाँडै सुरु गर्ने मेयर पुनले बताए । बेंसीदेखि अग्लो पहाडी भू–भाग रहेको र बीचबाट भेरी नदिवगेको गुर्भाकोटमा अथाह पर्यटकीय संभावना छन् । -याफ्टिङ र प्याराग्लाइडिङ सञ्चालन गर्न सके गुर्भाकोट कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने मेयर पुन बताउँछन् । यसबाहेक पर्यटन विकासका लागि नगरपालिकाले योजना बनाउने प्रमुख पुनले बताए । “यी दुई काम बाहेक पर्यटकीय विकासका लागि हामीले धेरै योजना बनाएका छौं,” मेयर पुनले भने, “गुर्भाकोटलाई पर्यटनको केन्द्र बनाउने योजना छ ।”
गुर्भाकोटमा पर्ने छिन्चु–जाजरकोट सडक खण्डसँगै जोडिएको भेरी नदीलाई ¥याफ्टिङ जस्ता सहासिक खेलमा उपयोग गर्ने नगरपालिकाको योजना छ । भेरी नदीकै अन्य क्षेत्रमा यसको प्रयोग भए पनि गुर्भाकोटमा भने व्यावसायिक रूपमै ¥याफ्टिङ गराउने गरी अध्ययन गर्न लागिएको हो । त्यस्तै गुर्भाकोटको माथिल्लो भू–भागबाट प्याराग्लाइडिङ गराउन खोजिएको छ । मेयर पुनका अनुसार, चालू आर्थिक वर्षमा होमस्टे विस्तार र मालारानीदेखि धारापानीको माथिल्लो भूभागमा पदमार्ग बनाउने गरी योजना अघि सारिएको छ । सम्भाव्यता अध्ययन सकिएपछि त्यसले दिने सुझावका आधारमा नगरपालिकाले काम अगाडि बढाउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्