एनआरएन अध्यक्ष भट्टद्वारा पुस्तकालय उद्घाटन

हेटौंडा । हेटौँडा–४ चिल्ड्रेन पार्कमा रहेको नेपाल जर्नी पव्लिक पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ ।
पुस्तकालयको गैरआवासिय नेपाल महासंघ (एनआरएन) का अध्यक्ष भवन भट्टले शनिबार एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष भट्टले सामुदायिक हितमा पुस्तकालयको ठूलो महत्व रहेको बताउँदै यसको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले एनआरएनले पनि संस्थागत रुपमा सामाजिक हितमा काम गरिरहेको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए । देशको आर्थिक समृद्धिमा टेवा पु¥याउन गैरआवासिय नेपालीहरु सधैं तत्पर रहेको भन्दै उपयुक्त वातावरणको खाँचा रहेको बताए । उनले सानादेखि ठूलो योजनामा गैरआवासिय नेपालीले संस्थागत र व्यवक्ति रुपमा नेपालमा लगानी गरिरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाल जर्नीकी संस्थापक अध्यक्ष मौसमी श्रेष्ठ, पूर्व सांसद अनन्त पौडेल, शिक्षासेवी पुरनबहादुर जोशी, ब्रम्हकुमारी राजयोगका विभिन्न पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
४० लाख रुपैँयाको लागतमा संचालनमा आएको पुस्कालयका लागि नेपाल जर्नीले ३० लाख रुपैँया सहयोग गरिएको थियो भने १० लाख रुपैँया विभिन्न दाताबाट संकलन गरिएको जनाईएको छ । पुस्तकालयमा ४५ हजार पुस्तक रहेको यसको व्यवस्थापन हेरिरहेको बम्हकुमारी राजयोग हेटौँडाले जनाएको छ ।