भारतीय विमानका लागि पाकिस्तानी आकाश आंशिक बन्द «

भारतीय विमानका लागि पाकिस्तानी आकाश आंशिक बन्द

इश्लामावाद-पाकिस्तानले आफ्नो भारतीय विमानका लागि आफ्नो आकाश आंशिक रुपमा बन्द गरेको छ । भारत र पाकिस्तानबीच रहेको ११ मध्ये ३ रुट बन्द गरिएको छ । यद्यपि पाकिस्तानी यो कदमबाट आफुहरुलाई कुनै असर नपर्ने एयर इन्डियाले जनाएको छ । उड्डयन सुरक्षा निकायल ब्यूरो अफ सिभिल एभिएसन सेकयूरिटी (बीसस्एएस) ले पनि जम्मु र कश्मीरसँग सम्बन्धित विकासक्रमका कारण सबै विमानस्थललाई सुरक्षा स्थापना गर्नका लागि आग्रह गरेको छ । नागरिक उड्डयल आतंकवादी आक्रमणका लागि सहज निशाना बन्न सक्ने भन्दै यस्तो आग्रह गरिएको हो ।
पाकिस्ताने भारतसँगको कुटनीतिक सम्बन्ध अन्त्य गर्ने बताएपछिको समयमा आकाश बन्द गर्ने निर्णय भएको हो । धारा ३७० को खारेजीपछि जम्मु र कश्मीर दुई केन्द्रीय क्षेत्रमा परेपछि भारत–पाकिस्तानबीचको सम्बन्धमा असर परेको हो ।
भारतको काश्मीर व्यवस्थामा परिवर्तन आएपछि पाकिस्तानले द्विपक्षिय व्यवस्थामा समीक्षा गर्ने बताएको थियो ।
पाकिस्तानले भारत र पाकिस्तानबीचको ११ रुट मध्ये ३ बन्द गर्ने निर्णय गरे लगत्तै एयर इन्डियाका विज्ञप्ति सार्वजनिक भएको हो ।
एयर इन्डियाले भनेको छ,“एउटा हवाई मार्ग बन्द हुनाले अधिकतम १२ मिनेटको डाइभर्सन गर्नुपर्छ । यसले हामीलाई खासै फरक पर्दैन ।”

 

प्रतिक्रिया दिनुहोस्