लहानमा यामाहाको नयाँ ‘थ्रीएस फेसिलिटी’

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा विश्वस्तरीय सुबिधासम्पन्न संरचनाबाट सेवा सुविधा सुरु गरेको छ । एमएडब्लूले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइडलाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्रीएस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो ।
यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पूर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरिएको जनाएको छ । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा मिस नेपाल २०१७ निकिता चन्दकले गरेकी थिइन् । एसएस अटो सेन्टरबाट ग्राहकले अब विश्वस्तरीय प्रविधि जडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरूको ‘थ्रीएस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने भन्दै एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जीव साहले यामाहा विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्ड भएकाले यो क्षेत्रमा यामाहाको मोटरसाइकलको माग निरन्तर बढिरहेको बताए । “अब हामीसँग हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियनसमेत छ जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,” उनले भने ।
यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एसएफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रूपमा उच्चस्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।