सोनीको शोरुम शेर्पा मल दरबारमार्गमा «

सोनीको शोरुम शेर्पा मल दरबारमार्गमा

सोनीको शोरुम काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारिक विक्रेता नेपाहिमा टे«डलिंकले बिहीबारबाट उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमकाबीच सोनीको बिजनेस हेड जेरेमी हेङ, चर्चित निर्देशक निश्चल बस्नेत र नेपा हिमा टे«डलिंकका कार्यकारी दिर्नेशक राजेश तुलाधरले सो शोरुमको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो शोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सोनीको ब्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइबरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडीआरसीरीजमा हेडफोनहरू नेपाली बजारमा उपलब्ध छन् । यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगबुमा सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्