क्लोज अप लभ फेस्ट सम्पन्न

मायाको महिना फेब्रुअरीसँगै यो भ्यालेन्टाइन्स् डे सबैले उत्साहमय रूपमा मनाएका छन् । हरेक वर्षझैं यो वर्ष पनि क्लोज अप लभ फेस्टले माया गर्ने जोडीहरूलाई मनोरञ्जन प्रदान गरेको जनायो । नेपालको अग्रणी टुथपेष्ट ब्रान्ड क्लोज अपले भ्यालेन्टाइन्स् डेमा युवा जोडीहरूका लागि विशेष वातावरण बनाउन फेब्रुअरी १० शनिबारको दिन सिभिल मलमा विभिन्न प्रतियोगिता तथा खेलहरू आयोजना गर्यो जहाँ आएका जोडीहरूले हरेक अवसरलाई जीवनभरका लागि अविस्मरणीय बनाए ।
सो दिन, दिनभर लाइभ ब्यान्ड, डिजे जोन, डान्स पफर्मेन्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूसँगै सिभिल मल उत्सवमय भयो । यो वर्ष यहाँ आउने जोडीहरूलाई लाउरे (आशिष राना), स्वप्न सुमन, सबिन राई विथ ब्याण्ड, श्रेया सोताङ, नितेश जंग कुँवर, सबिन एंड द क्रु, ज्योभन भुजु, मायाभी सुरज, द लोदिङ ब्यान्ड आदिले आफ्नो पर्फर्मेन्सबाट सबै मन्त्रमुग्ध पारे । यी कलाकार/ब्यान्डहरूका साथै, विभिन्न कलेजबाट छानिएका प्रतिभाहरूले पनि सँगै आफ्ना प्रस्तुति दिएका थिए । लाइभ पफर्मेन्सहरू बाहेक क्लोज अप लभ फेस्टमा अन्य क्रियाकलापहरू जस्तै आ–आफ्नो जोडीसँग नाच्नका लागि डिजे जोन, मायाको भविष्यवाणीका लागि ट्यारो कार्ड रिडिङ र आफ्नो माया व्यक्त गर्न लभ मेसेज दिने स्थानले पनि जोडीहरूलाई आकर्षित गर्यो । यो मुख्य कार्यक्रमका लागि पहिले नै युवा जोडीहरूलाई तताई सकेको क्लोज अप लभ मेसेज फेस्टको विजेता घोषणा पनि यसै कार्यक्रममा मार्फत भयो । जसका विजेताहरू छिरिङ लामा, निरज थापा, स्मृति श्रेष्ठ, अभिषेक श्रेष्ठ र रेगिना खड्का भए ।