बाढीले पुल भाँचियो «

बाढीले पुल भाँचियो

जुम्ला- निरन्तर वर्षाका कारण तिला नदीमा पानीको बहाव बढेपछि पुल भाँचिएको छ । तातोपानी गाउँपालिका ४ र ५ नम्बर जोड्ने हाँकु पुल बाढीले भाचिँदा आवतजावत नै बन्द भएको छ । सोमबार राति आएकोे बाढीले गर्दा पुल नै भाँचिएको वडाध्यक्ष धिरज जैशीले बताए । उनका अनुसार वर्षौं पहिले पुर्खाहरूले निर्माण गरेको काठेपुुल भाँचिएको छ । दुईवटा वडा जोड्ने एकमात्र पुल भएकोले भाचिँदा सयौं नागरिकलाई आवतजावतमा समस्या भएको छ । वडा नं. ५, ६ बाट ४ नम्बर वडाका विभिन्न गाउँमा जानका लागि तातोपानी–२ बाबिरा हुँदै झण्डै २-३ घण्टा लगाएर जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्