जुम्ली सरकारी टोली बडिमालिका प्रस्थान «

जुम्ली सरकारी टोली बडिमालिका प्रस्थान

जुम्ला-साउन शुक्ल पञ्चमीको बेला कर्णाली क्षेत्रका मानिस अधिकांश बडिमालिका जाने प्रचलन छ । जसअनुसार जुम्लाको सरकारी टोली १८ दिनको यात्रासहित बाजुराको बडिमालिका यात्रामा हिँडेको छ । तत्कालीन जुम्ला र डोटी राज्यबाट संयुक्त रूपमा बडिमालिकामा पूजा गर्ने चलन छ ।
यस अनुरुप हरेक वर्षझैं जुम्लाको टोली बडिमालिका जाने गरेको छ । हरेक वर्ष नाग पञ्चमीको दिन जुम्लाबाट बडिमालिकाका लागि पूजा सामग्रीसहित सरकारी टोली जिल्ला प्रशासनको नेतृत्वमा बडिमालिका जाने गर्दछ । जसमा चन्दननाथ मन्दिर पुजारी, प्रशासनका कर्मचारी र अन्य सरकारी कर्मचारी प्रशासनले खटाएको एकजना पुजारीसहित अन्य भक्तजनसहित टोली बडिमालिका जाने गर्दछ । पछिल्लो समय सिंजा जात्रा समितिबाट पनि जाने चलन छ । यसको ब्यवस्थापनको जिम्मा जिल्ला प्रशासनले गर्दै आएको छ ।
जुम्ला प्रशासन कार्यालय अगाडि रहेका मन्दिरबाट पूजा सामग्री लिने चलन छ भने टोली फर्कि सकेपछि सम्पूर्ण सामग्री यसै मन्दिरमा राख्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्