युनिग्लोब कलेजद्वारा बृहत् स्वास्थ्य शिविर सम्पन्न «

युनिग्लोब कलेजद्वारा बृहत् स्वास्थ्य शिविर सम्पन्न

काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा सोमबारको दिन बृहत् स्वास्थ्य शिविर सम्पन्न गरको छ । उक्त शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच शिविर, दन्तजाँच शिविर र छाला जाँचसम्बन्धी शिविर, जनरल फिजिसियन जाँच शिविरलगायत फिजियोथेरापी प्रशिक्षणसमेत दिइएको जनाएको छ ।
कार्यक्रममा विभिन्न विषयका विशिष्ट विशेषज्ञ डाक्टरहरूको टोलीको उपस्थिति थियो । कार्यक्रममा झन्डै १२० पाउण्ड रगत संकलन भएको थियो । उक्त शिविरमा कलेजका विद्यार्थीहरू शिक्षक, कर्मचारीलगायत टोलवासीहरूले निःशुल्क स्वास्थ्य जाँच गर्ने अवसर प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्