Logo

बाराको निजगढमा सनराइज बैंक

आफ्ना ग्राहकहरूलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन
गर्दै आउने क्रममा बैंकले निजगढमा ११५ औं शाखा सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यलयको उद्घाटन गरेका थिए ।
निजगढ नगरपालिकाको उप–मेयर लिलादेवी लामिछाने खनालले एटीएमको उद्घाटन गरेकी थिइन् । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्