मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण «

मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका–१, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडकपेटी बाहेकको खालीचौरमा बनाएको वातावरण मैत्री हरित गार्डेन सोमबार हस्तान्तरण गरेको छ ।
यसका साथै बैंकले १ हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत्त सामुदायिक शाखालाई हस्तान्तरण गरेको भन्दै बैंकले उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रवीन्द्रनाथ पौडेललाई संयुक्त रूपमा हस्तान्तरण गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्