आइक्यान र सिप्फाबीच समझदारी «

आइक्यान र सिप्फाबीच समझदारी

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २१ औं वार्षिकोत्सवको अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड एकाउन्टेन्सी (सिप्फा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा हालै आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वार्षिकोत्सवका अवसरमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको संस्थाका अध्यक्ष प्रकाशजंग थापाले बताए ।
समझदारीपत्रमा आइक्यानका तर्फबाट अध्यक्ष थापा र सिप्फाका तर्फबाट अध्यक्ष एन्र्ड्यू बर्नस्ले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र उप–राष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । यो सम्झौताले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा ठूलो योगदान पुर्याउने थापाको दाबी छ ।
सम्झौतामा दुई संस्थाबीच आपसी हित, सहयोग, उच्च गुणस्तरीय सार्वजनिक वित्त व्यवस्थापनको प्रगति, सार्वजनिक वित्त क्षेत्र र सदस्यको क्षमता वृद्घि, लेखा पेशा र सार्वजनिक वित्त व्यवस्थापनलाई उत्कृष्ट केन्द्रको रूपमा विकास गरी अझ सुदृढ र बलियो बनाउने, सदस्यहरुलाई वृत्तिविकासको अवसर प्रदान गर्ने र भविष्यमा अरु अवसरको सिर्जना गर्ने उल्लेख भएको थापाले बताए । उनले सार्वजनिक वित्त क्षेत्रमा जनताको चासो, सुशासनको प्रत्याभूति, विश्वास र क्षमता अभिवृद्घि गर्न महत्वपूर्ण योगदान पु¥याउने भन्दै यो सम्झौतामा नेपालमा सार्वजनिक वित्त व्यवस्थापनमा नेतृत्व विकास र उच्च गुणस्तरताको वकालत गर्न संयुक्त कार्यक्रम गर्न दुवै संस्था अग्रसर रहने उल्लेख गरिएको बताए ।
समझदारीपत्रमा आइक्यानका सदस्य, सरकारी निकायमा कार्यरत कर्मचारीका निम्ति विभिन्न क्षमता वृद्घि कार्यक्रमको पहिचान गरी कार्यक्रमहरु आयोजना गर्ने पनि उल्लेख छ । दुवै संस्थाले एक–अर्काको हितको ख्याल गर्ने, सुझाव आदानप्रदान गर्ने, सम्झौतामा उल्लेख बुँदामा केही द्विविधा देखिएका आपसी समझदारीमा पारदर्शी र सहयोगी रूपमा हल गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्