आफैं पनि मर्मत गर्न सकिन्छ कार «

आफैं पनि मर्मत गर्न सकिन्छ कार

कार मर्मतमा प्रायः हामी आफैंले गर्न सक्ने ससाना कुराहरु पनि गरिरहेका हुँदैनौं । सिधै मर्मत गर्नको लागि वर्कशप कि त सर्भिस सेन्टर लाने गर्दछौं । हामीसँग सानो ज्ञानको कमीले केही मिनेटको कामको लागि पनि हामीले खर्च गरिरहेका हुन्छौं ।
यी कामहरु हामी आफैंले गर्न सक्छौं र सजिलो पनि छ । यी काम गर्नुभयो भने तपाईंको खर्च कम हुनेछ ।

एयर फिल्टर 

हरेक १२ महिनाको एकपल्ट या १२ हजार किलोमिटर कुदेपछि वर्कशप वा सर्भिस सेन्टरमा दिन सक्नुहुन्छ । तर आफैँ गर्ने सोचमा हुनुहुन्छ भने यो काम मात्र १० मिनेटको हो । सर्वप्रथम आफ्नो कारको हुड मुनिको फिल्टर खोज्नुहोस् । यो कालो आयताकार बक्स भित्र हुन्छ जसको छेउछेउमा धातुको क्लिप्सहरु अड्काएको हुन्छ । प्रयोगकर्ता पुस्तिकामा यसबारेमा जानकारी दिइएको हुन्छ ।
बक्स खोल्नुस् र पुरानो निकाल्नुहोस अनि नयाँलाई जस्तो गरेर पुरानो राखिएको थियो त्यस्तै गरी राख्नुहोस् । काम सकेपछि धातुको क्लिपले बक्स बन्द गर्नुहोस् ।

वाइपर फेर्ने

वर्षमा एक पल्ट अथवा ६ महिनाको एकपल्ट वाइपर फेर्नुपर्ने हुन्छ । कारअनुसार वाइपर ब्लेड जडान गर्ने तरिका केही फरक पर्दछ । ब्लेड माथि उठाउनुहोस् र पुरानो निकालेर नयाँ हाल्नुहोस् । तर पुरानो ब्लेड कसरी जडान गरिएको थियो, त्यो कुरा याद गर्नुहोस् नत्र नमिल्न सक्छ । मिलाएर र कसिलो तरिकाले जडान गर्नुहोस् । वाइपर नखुम्च्याउनु होला नत्र शिशा कोरिन सक्छ । वाइपरको प्याकेटमा जडान गर्ने तरिकाका साथै चित्र पनि दिइएको हुन्छ ।

स्पार्क प्लग 

प्रायः स्पार्क प्लगहरु ३० हजार माइल पुगेपछि फेर्नुपर्दछ । स्पार्क प्लग फेर्ने भने पछि गहन काम हो जस्तो सुनिन्छ तर यो सजिलो छ । क्रमबद्ध रुपमा हाल्नुपर्ने हुँदा यो हतारमा गर्नु हुँदैन । कारअनुशार ४, ६ या ८ वटा प्लगहरु हुन्छन् । पहिलो प्लगको तार पहिला हटाउनु पर्दछ । एकै पल्ट सबै तार हटाउनु हँुदैन । राम्रो प्लग लिनु भएको छ भने प्लगपिच्छे राख्नुपर्ने खाली ठाउँ पहिलै प्लगमा मिलेको हुन्छ ।

इन्जिन ओयल 

हरेक ३ हजार माइलमा इन्जिन ओयल फेर्नु राम्रो हो । तर यदि राम्रोसँग कारको ख्याल राख्नु भयो भने ५ हजार माइल पछि फेर्दा पनि हुन्छ । इन्जिन तातो हुदाँ कहिल्यै पनि नफेर्नुहोला, चिसो भएपछि मात्र काम सुरु गर्नुहोस् । भित्र भएको बाँकी तेल सबै बाहिर फाल्नुस् । सबै तेल निस्किसकेपछि ड्रेन प्लग फेर्नुहोस् । इन्जिनको पुरानो तेल फिल्टर, फिल्टर रेन्चुले हटाउनुहोस् र २ः३ को मात्रामा राखेपछि हातले कसेर बन्द गर्नुहोला । अब इन्जिनमा फनेलको सहायताले तेल राख्नुहोस् ।
ब्याट्री
ब्याट्री फेर्नको लागि पहिला नेगेटिभ केबल हटाउनु पर्दछ । अड्किएको अवस्थामा सम्म परेको पेचकसले खोल्नुहोस् । सफा गर्नुहोस् । अनि पानीले हल्का सफा गरेर सुकेपछि ब्याट्री फेर्नुहोस् ।

रेडिएटर

कारको रेडिएटर र चिसो हुने प्रक्रिया (कुलेन्ट) समय समयमा सफा गरिरहनु पर्दछ । सानो कुराले पनि कुलेन्ट बिग्रिन सक्ने हुन्छ । प्रयोगकर्ता पुस्तिकामा हेर्नुस् कि कुन समएमा र कति समयको अन्तरालमा रेडिएटर सफा गर्नु पर्ने हो ।
पूरै चिसो भएको अवस्थामा मात्र काम सुरु गर्नुपर्ने हुन्छ । ड्रेन प्लग पूरै खाली गर्नुहोस् । प्लग फेर्नुहोस् र रेडिएटर क्याप हटाउनुहस् ।

प्रतिक्रिया दिनुहोस्