न्युमिलेनियम कलेजलाई उपाधि

लैनचौर युवा समन्वय समितिद्वारा आयोजित दोस्रो अन्तर कलेज फुटसल प्रतियोगिता—२०७४ को उपाधि न्यू मिलेनियम कलेज , सुकेधारा , धुम्बाराही , काठमाण्डौले हात पारेको छ । मनाङ फुटसलको खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा फाइनल भिडन्तमा न्यू मिलेनियम कलेजले नवोदित कलेजलाई ट्राइ बेकरमा पछि पारेको हो । कुल १६ कलेजहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा न्यू मिलेनियम कलेजले उत्कृष्ट गोलकिपर सहित रु. ५०,०००।— नगद पुरस्कार र शिल्ड हात पार्न सफल भएको छ । यो सहित एक हप्ता भित्र न्यू मिलेनियमको यो लगातार दोस्रो उपाधि हो ।