व्यापार युद्धमा अमेरिकाको तुलनामा चीन बढी टिक्ने «

व्यापार युद्धमा अमेरिकाको तुलनामा चीन बढी टिक्ने

बेइजिङ-अमेरिका–चीनबीचको चालू व्यापार युद्धमा अमेरिकाको तुलनामा चीन लामो अवधि टिक्ने एक विश्वव्यापी रणनीतिकारले बताएका छन् ।
गत साता अमेरिका–चीनबीचको छोटा अवधिको छलफल सेप्टेम्बरमा पुनः छलफल बिउताउने योजनाकासाथ कुनै सम्झौताबिना समाप्त भएको छ । ट्रम्पले छलफलमा बेइजिङले खुट्टा उचालेको आरोप लगाएका छन् र बिहीबार अप्रत्याशित रुपमा चिनियाँ सामग्रीमा शुल्क वृद्धि गरेका छन् ।
“सयमका आधारमा चीनले पनि पिडा सहनुपर्ने तर्क मेरो रहेको छ,” स्ट्यान्डर्ड चार्टड बैंकमा विश्वव्यापी बृहत् रणनीतिका प्रमुख इरिक रोबर्टसनले बताए ।
वास्तवमै ट्रम्पको पहिलो प्राथमिकता भनेको आगामी वर्ष पुनः निर्वाचित हुनु हो । चीनले पनि अमेरिकी निर्वाचन कुरेर बसिरहेको छ रोबर्टसनले बताए ।
“चीन स्पष्ट रुपमा अमेरिकी निर्वाचन कुरेर बसिरहेको छ । यसबाट ह्वाइट हाउसमा केही परिवर्तन हुने अपेक्षामा उ छ,” उनले थपे ।
बिहीबार ट्रम्पले अमेरिकाले ३०० अर्ब डलरका चिनियाँ सामग्रमा १० प्रतिशतको शुल्क लगाएको छ । यो सेप्टेम्बर १ देखि कार्यान्वयनमा आउनेछ । मे महिनामा अमेरिकाले २०० अर्ब डलरका चिनियाँ सामग्रीमा शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुृ-याएको थियो । ट्रम्पले सम्झौता होस् भन्ने विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिङ अग्रसर नभएको आरोप लगाएका छन् ।
यसैबीच बेइजिङले घरेलु अर्थतन्त्रलाई माथि उकास्नका लागि मौद्रिक प्रोत्साहनको सट्टा आफ्नो बजेटलाई प्रयोग गर्न खोजको जस्तो देखिएको रोबर्टसनले बताए ।

प्रतिक्रिया दिनुहोस्