एनएमबी लघुवित्तको एकदिने तालिम सम्पन्न «

एनएमबी लघुवित्तको एकदिने तालिम सम्पन्न

एनएमबी लघुवित्त वित्तीय संस्थाले एकदिने आन्तरिक लेखापरीक्षण तथा करसम्बन्धी तालिम सम्पन्न गरेको जनाएको छ ।
संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा कार्यरत वित्त व्यवस्थापन, कर्जा व्यवसाय, कर्जा जोखिम तथा असुली व्यवस्थापन, आन्तरिक लेखापरीक्षण विभाग, कर्जा जोखिम तथा असुली व्यवस्थापन विभागमा आबद्घ सबै अधिकृत र सहायक स्तरका कर्मचारीहरु र विभिन्न प्रदेश स्तरमा रहेका ९ वटा अनुगमन स्टेसनका अनुगमन अधिकृत कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको भन्दै कम्पनीले उक्त तालिममा ३० जना कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालले सहभागी कर्मचारीलाई उत्प्रेरणात्मक हुने प्रस्तृति र बाह्य स्रोत व्यक्ति सीए पारसमणि अर्यालले आन्तरिक लेखापरिक्षण तथा करसम्बन्धी विषय वस्तुमा प्रशिक्षण दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्