पाँचथरबाट २२.२ मेगावाट केन्द्रीय प्रसारण लाइनमा थपियो «

पाँचथरबाट २२.२ मेगावाट केन्द्रीय प्रसारण लाइनमा थपियो

पाँचथरबाट २२.२ मेगावाट केन्दीय प्रसारण लााइनमा जडान भएको छ । तल्लो हेवा जलविद्युत् आयोजना केन्द्रीय प्रसारण लाइनमा जडान भएको हो । केन्द्रीय विद्युत् प्रणालीमा २२.२ मेगावाट बिजुली थपिएको हो । उक्त आयोजना पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीका भई बग्ने हेंवाखोलामा निर्माण सम्पन्न भएको हो । आयोजनाबाट विद्युत् परीक्षण उत्पादनको काम भइरहेको छ । तल्लो हेवा जल विद्युत् आयोजनाको परीक्षण उत्पादनका रूपमा थापाटारस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो ।
अघिल्लो वर्षनै सकिनुपर्ने आयोजना देशमा भएका बिभिन्न काराण् हरले ढिला हुन गएको निर्माण कम्पनीले बताएको छ । ३० महिनामा सबे निर्माण कार्य सक्ने योजना भए पनि करिब ५० महिनामा मात्र निर्माण कार्य सकिएको आयोजना प्रमुख गणेश सुब्बाले बताए । कहिले भुकम्प त कहिले नाकाबन्दी यस्तै कुराहरूले आयोजना ढिलो हुन गयो उनले भने ।
कुल ४ अर्ब ३० करोडमा सम्पन्न भएको आयोजना निर्माण पछि सुरुको स्टमेटभन्दा केही रकम बढी खर्च हुन गएको आयोजना प्रमुख सुब्बाले जानकारी दिए । सुरुमा ३ अर्ब ६६ करोड रुपैयाँमा भए पनि अन्तिमा डिजाइन परिवर्तन हुँदा ४ अर्ब ३० करोड पुग्न गएको सुब्बाले जानकारी दिए । सो आयोजनामा ६५ प्रतिशत बैंकको ऋण र बाँकी ३५ प्रतिशत प्रवद्र्धक कम्पनीका सेयर सदस्य र सर्वसाधारणको छ ।आयोजनाबाट सुक्खायाममा १० मेगावाट र अरू समयमा २२.२ मेगावाट नै विद्युत् उत्पादन हुने निर्माण पक्षले जानकारी दिए ।

दीपक बोहोरा

प्रतिक्रिया दिनुहोस्