मुक्तिनाथ विकास बैंकद्वारा सहयोग «

मुक्तिनाथ विकास बैंकद्वारा सहयोग

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौंलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
टोखा–६, डाँफे बजार वरिपरिको सरसफाइमा ध्यान दिँदै बैंकले डस्टबिन वितरण गरेको हो । उक्त डस्टबिन मुक्तिनाथ विकास बैंक टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्