धनकुटामा ६६८ उद्योग «

धनकुटामा ६६८ उद्योग

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटामा आर्थिक वर्ष २०७५-७६ मा ६ सय ६८ उद्योग थप भएका छन् । यसरी थप हुने उद्योगमा सेवा, उद्योगलगायत रहेका छन् । उद्योगतर्फ ५ सय ३७ र वाणिज्यतर्फ १३१ उद्योग आर्थिक वर्ष २०७५-७६ मा थप भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटा निर्देशक दिपक पौडेलले जानकारी दिए । धनकुटामा आव २०७५-७६ मा ६६८ उद्योग थपिएसँगै दर्ता भएर सञ्चालन भएका उद्योग र वाणिज्यतर्फ गरी ३ हजार ३४१ उद्योग पुगेको निर्देशक पौडेलले जानकारी दिए । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाले आर्थिक वर्ष २०७५-७६ मा २८ लाख ५६ हजार ७ सय ४५ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले उद्योग दर्ता र वाणिज्यतर्फ साथै नवीकरणवापत राजस्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटा निर्देशक दिपक पौडेलले जानकारी दिए । कार्यालयले वर्ष २०७५-७६ मा धनकुटा जिल्लामा ७८४ जनालाई सीपमुलक तालिम प्रदान गरको समेत निर्देशक पौडेलको भनाइ छ ।

 

विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्