सवारी दुर्घटनामा सिँचाई मन्त्रालयका सचिव यादवको मृत्यु «

सवारी दुर्घटनामा सिँचाई मन्त्रालयका सचिव यादवको मृत्यु

शनिवार विहान भएको दुर्घटनामा सिँचाई मन्त्रालयका सचिव रमानन्द यादवको मृत्यु भएको छ । सो दुर्घटनामा परि यादवका छोरा बर्ष २५ का सन्तोष यादव र एक १५ बर्षिया बालिका उन्नती गुप्ता हराइरहेका छन् भने जिपका चालक निरञ्जन यादव अधिकारी घाइते भएका छन् । सिट बेल्ट लगाइएको अवस्थामा चालकको सिटबाट जीपभित्र नै सचिव यादवलाई शशस्त्र प्रहरीका गोताखोहरुले फेला पारेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमिल्सिनाले बताए ।
उनका अनुसार जीप सचिव यादवले नै चलाएका थिए । चालकको सिटमा सिट बेल्ट बाँधिएको अवस्थामा रहेका सचिव यादवको शव निकाल्न गोताखोरहरुलाई हम्मे हम्मे परेको थियो । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा शनिबार बिहान जीप खस्दा सचिव यादवका २५ वर्षका छोरा सन्तोष यादव र जीपमा सवार १५ वर्षका उन्नती गुप्ता बेपत्ता छन् । उनीहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।
कपिलबस्तुबाट काठमाडौँ जाँदै गर्दा यादव सवार बा २ झ ३१४० नम्बरको जीप शनिवार विहान २ः४५ बजेतिर त्रिशुली नदिमा खसेको थियो । जीप खस्दाँ घाईते भएका गाडीका चालक नीरन्जन यादव अधिकारीको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीय हरी माँझी र दिपक मगरले पुल मुनिबाट उद्दर गरेका थिए। जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो। सो क्रममा उद्धारमा खटिएका शशस्त्र प्रहरी हवल्दार गोताखोर बाँकेका ३५ बर्षका तारानाथ चापाई समेत घाइते भए । पानी भित्र रहेको गाडि भित्र खोजी गने गर्ने क्रममा अड्किएपछि उनलाई निकै अप्ठ्यारोसँग बाहिर निकालिएको थियो । पानी भित्र अन्य व्यक्तिहरुको अवस्थाबारे बुझ्न गएका उनी गाडिभित्रै अड्किएपछि अन्य सहयोगीहरुले बाहिर निकालेका थिए । बेहोस अवस्थामा रहेका उनलाई राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचार गरी थप उपचारकोे लागि काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्