१२ महिनामा १२ हजारभन्द बढी पर्यटक रारामा «

१२ महिनामा १२ हजारभन्द बढी पर्यटक रारामा

नेपालका पर्यटक क्षेत्रको मुख्य गन्तव्य मुगु जिल्लाको रारा ताल अर्थात महेन्द्र तालमा १२ महिनामा १२ हजारभन्दा बढी पर्यटक घुम्न आएको एक रेकड देखिएको छ । रारा राष्ट्रिय निकुञ्जको आव ०७५।७६ को वार्षिक रेकर्डअनुसार रारातालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटनहरूको रेकडअनुसार एक वर्षमा १२ हजार २ सय १४ जना छ । रार घुम्न आउर्ने पर्यटकमध्ये सार्कमूलक देशबाट ४४ जना अन्य मुलुकबाट ४ सय १४ जना र आन्तरिक नेपालभित्र रहेका आन्तरिक रारा घुम्न आउर्ने बिभिन्न जिल्लाबाट र विशेष गरी छिमेकी जिल्ला जुम्ला, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, बाजुर जिल्लाबाट शैक्षिक भ्रमणमा विद्यार्थीहरू घुम्न आउर्ने गरेको रारा राष्ट्रि निकुञ्जका निकुञ्ज संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताएका छन् ।
रारामा पछिल्लो समयमा राष्ट्रिय सडक सन्जाल जोडीएको, मुगु जिल्लाको एकमात्र ताल्चा विमानस्थाल कालोपत्रे भइसकेको हुँदा सहजै रूपमा रारा घुम्न आउने पर्यटकहरूको संख्या गर्त वर्षभन्दा यो वर्ष बढेका छन् । हिजो–आज वर्षा मौसमका कारण सुर्खेत नाग्म गमगढी सडकको विभिन्न भागमा वर्षाले सडक भत्किएका कारण र वर्षायामका कारण जहाज कम उडान भएको हुँदा रारा घुम्न आउने पर्यटकको संख्यामा कमी आएको हो । विशेष सरकारी निकायभन्दा राराको प्रचार सञ्चार माध्यमबाट धेरै प्रचार–प्रचार भएर मात्र रारा घुम्न आउने पर्यटनको संख्या वृद्धि हुनेछ । संरक्षण अधिकृत भण्डारीले बताएका छन् ।
राराको पूर्णधार विद्युत्, सञ्चार, सार्वजनिक शौचालय, खाने पानी, विश्राम स्थाल, मुगु जिल्लाभित्र रहेको सांस्कृतिक धार्मिक वस्तुहरूको र स्थानीय भेषभूषा, स्थानीय बाली, राराभित्र रहेको जलचर थलचर,जडिबुटी, वन्यजन्तु, वनस्पति लगायतको सूचना केन्द्र संग्रहालयको व्यवस्थापन भएको भए रारामा घुम्न आउर्ने पर्यटकको संख्या बढ्ने थियो रारा राष्ट्रिय निकुञ्ज, रारा तालको लगायत अन्य ज्ञानमूलक कुरा रारामा नपाउँदा रारा घुम्न आएका विद्यार्थीहरूले सोचेअनुसारको ज्ञान नपाउँदा गाह्रो भएको शैक्षिक भ्रमणमा रारा घुम्न आएको जुम्ला जिल्ला कोइलिचरी माध्यमिक विद्यालयका शिक्षक मागे बूढाले बताएका छन् । रारा नगरपालिका–९ मुर्मा गाँउका स्थानीय बासीहरूको भनाइ छ ।

दानबहादुर बूढा
साउन, १८ साउन

प्रतिक्रिया दिनुहोस्