युवा उद्यामी मञ्चको वर्कसप सम्पन्न «

युवा उद्यामी मञ्चको वर्कसप सम्पन्न

युवा उद्यमी मञ्चले गत साउन ५ गतेदेखि १२ गतेसम्म वर्कसप सम्पन्न गरेको छ । मञ्चले मार्चमा ‘युवा उद्यमी सम्मेलन– महिला’ सम्पन्न गरेसँगै कार्यशालाका सहभागीहरूको अत्यन्त सकारात्मक प्रतिक्रिया तथा रुचि देखाएका कारण निरन्तरता स्वरूप वर्कसप गरेको अध्यक्ष निकोलस पाण्डेले बताए ।
यसअघिको वर्कसपका सहभागीले अझै ७ वटा विषयमा बुझ्ने इच्छा देखाएकाले सम्मेलन गर्नु परेको आयोजकले बताएको छ जहाँ कारखाना, कम्युनिटर, एड्स मार्केट प्रालि, जागुआर इन्भेस्टमेन्टस्, एक्ट ३६०, अभिनव ल च्याम्बर र अन्तर प्रेरणाका विज्ञरस्रोत व्यक्तिहरूलाई हामीले संयुक्त रूपमा ७ वटा मुख्य क्षेत्रहरू विशेष गरी (शिक्षा, उद्योग संयोजन, लगानी, नयाँ व्यवसायको सिर्जना, बौद्धिक सम्पत्ति र फ्रान्चाइज, सर्च इन्जिन अप्टिमाइजेसनका अधारभूत विषय तथा विद्युतीय बजारीकरणको प्रतिनिधित्व रहने गरी उक्त कार्यशाला सञ्चालन गरिएको थियो । ती कार्यशालाहरूमा ७० विद्यार्थी, उद्यमीहरू, पेसाकर्मीहरू तथा समाजका प्रेरणादायी उद्यमीहरू सहभागी थिए र यसको उद्देश्य उद्यमको वातावरणमा यसका सरोकारवालाहरूसम्म पुगी स्रोत तथा विज्ञतालाई सँगै अघि लगेर संयुक्त रूपको वातावरणमा योगदान पु¥याउनु थियो र यो भव्य रूपमा सफल भएको थियो । यस कार्यशालाका लागि लक्ष्मी बैंकले सहयोग गरेको युवा उद्यमी मञ्चका उपाध्यक्ष (महिला) उपाशना श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्