स्याङ्जा महोत्सवको आधार कृषि र पर्यटन आर्थिक समृद्दिको पूर्वाधार «

स्याङ्जा महोत्सवको आधार कृषि र पर्यटन आर्थिक समृद्दिको पूर्वाधार

नेपालको ४ नम्बर प्रदेश गण्डकी अञ्चलअन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक सुगम पहाडी जिल्ला हो । जिल्लाको सदरमुकाम पुतलीबजार समुद्री सहतबाट ८ सय ५० मिटरको उचाइमा छ । समुद्र सतहबाट न्यूनतम ३ सय ६६ (चापाकोट नगरपालिकाको केलादीघाट) र अधितम २ हजार ५ सय १२ मिटर (पञ्चासेको लेक) उचाइमा रहेको छ । जिल्लाको पूर्व तनहु“, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा कालिगण्डकी नदीस“ग पाल्पा जिल्लासग छुट्टिएको छ ।
स्याङ्जा जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले करिब बीचभागबाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ । मुग्लिम–नारायणगड सडक खण्ड निर्माण नहुदै सुनौली–स्याङ्जा–पोखरा हुदै काठमाडौंसम्म पुग्न नेपालको मुख्य लोकमार्गको रुपमा रहेको यस सडकको झण्डै ८० किलोमिटर स्याङ्जा जिल्लाभित्र पर्छ । यातायातको दृष्टिकोणले स्याङ्जा सुगम जिल्लामा गणना भएको सरकारी तथ्यांक छ । हाल नेपालको सबै भन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्कडी ‘ए’ (१४४ मेगावाट), सबै भन्दा ठूलो पहाडी सि“चाई योजना ‘चापाकोट टार सि“चाई योजना’ (१००० हेक्टर) नेपालको पहिलो नमुना ग्रामीण पर्यटकीय गाउ“ पञ्चमूलको ‘सिरुबारी’ नेपालकै कै नमुना मानिने स्याङ्जा र पाल्पाको सिमानास“ग जोड्ने कालिगण्डकी नदीमाथि रहेको राम्दीको पुल । कफी, सुन्तला, अदुवा, अण्डामा आत्मनिर्भर जिल्लाको रुपमा पहिचान बनाउन सफल भएको छ ।
राष्ट्रिय जनगणनाअनुसार स्याङ्जामा २ लाख ८९ हजार १ सय ४८ जनसंख्या बसोबास गरेका छन् । नेपालको कुल क्षेत्रफलमध्ये ०.७९ प्रतिशत र जनसंख्याको १.०९ प्रतिशत भाग ओगटेको छ । नेपालको ७७ जिल्लामध्ये क्षेत्रफलमा ६४औं र जनसंखयामा ३३ औं स्थानमा पर्दछ । हाल जिल्लालाई ५ वटा नगरपालिकाअन्तर्गत ५८ वडा र ६ गाउ“पालिकाअन्तर्गत ३९ वडासहित ११ स्थानीय तह रहेका छन् ।
यस जिल्लाको नाम स्याङ्जा रहनुमा विभिन्न कथनहरु पाइएको छ । अठारौं शताब्दीतिर आ“धीखोला उर्लदै बढेर आएपछि ठेलिएछ । यसरी ठेलिएको देखेपछि स्थानीय बासिन्दामा हाहाकार मच्चिन थाल्यो । एकजना वृद्धले त्यो हाहाकार देखेर भगवानलाई पुकार्दै खोलो “स्यांइय जा” भन्ने कामना गरेछन् । वृद्धको कामनास“गै ठेलिएर आएको खोला स्यांइय खुलेर गएपछि “स्यांइय जा” को अपभ्रंश भएर स्याङ्जा तथा एकीकरण पूर्व सेन वंशीय चौबिसे राज्यअन्तर्गत सतौं, गह्रौं, नुवाकोट र भीरकोट राज्यमा विभक्त भै “सेन जा” भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको हो भनाइ पाइन्छ ।
जिल्लाको भू–बनोट कडा तथा नरम चट्टानले बनेको अग्लो होचो (भिरालो तथा ठाडो भिरालो) रहेको छ । कुल भू–भागको ४३.३ प्रतिशत जग्गामा खेति गरिन्छ । कालिगण्डकी किनाराका चापाकोट, आधीखोला र ज्याग्दीखोला किनारका समथर भागहरु खाद्यान्नका लागि उर्वर भूमि रहेका छन् । समथर भागमा धान, गहु र मकै तथा भिरालो भागमा मकै, कोदो, अदुवा र फलफूल उत्पादन हुन्छ ।
यस जिल्लाको धेरै भागहरुमा धार्मिक तथा सा“स्कृतिक मेला पर्वहरु लाग्छन् । शिवरात्रीमा छाङ्छाङ्दी (छाया“ क्षेत्र) बालाचतुर्दशीमा पञ्चासे धाम, फागु पूर्णिमा बिरुवा बजार र हरिबोधनी एकादशीमा राम्दी तथा ज्याग्दी मेला लाग्दछ । कालिगण्डकी किनारका धार्मिक क्षेत्रहरु सेतीबेनी, आ“धीमुहान (मिर्मी), रिडी, राम्दी, हुगीघाट, केलादीघाट आदिमा बैशाखे संक्रान्ति, साउन, माघ महिनामा मेला लाग्दछ ।
मानव विकास प्रतिवेदनअनुसार स्याङ्जा जिल्लाको औसत आयु ६९।६८ वर्ष, प्रौढ साक्षरता ९० प्रतिशत र वार्षिक प्रति व्यक्ति आय १ हजार ५ सय ४० (डलरमा) रहेको छ । साक्षरताका दृष्टिले स्याङ्जा उत्कृष्ठ १० जिल्लामा पूर्ण साक्षर जिल्लाका रुपमा परिचित छ ।
जिल्लाका पाच नगरपालिकामध्ये पुतलीबजार नगरपालिकामा रहेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघ २०१३ सालमा स्थापना भएको हो । वर्तमान नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्य व्यवस्था र नयाँ नेपालको अवधारणा अघि बढिरहेको बेला देशको उद्योग धन्दा, व्यापार, शिक्षा, सूचना प्रविधि, कृषि तथा पर्यटनको समुचित विकास एवं प्रवद्र्धन अपरिहार्य छ ।
यसै सिलसिलामा पुतलीबजार तथा वालिङ नगरपालिकालगायत आसपासका गाउँपालिका एवं समग्र जिल्लाकै आर्थिक, शैक्षिक, पर्यटकीय तथा सामाजिक उत्थानका साथै स्याङजाको चिनारी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुयाउने उद्देश्यले “स्याङ्जा महोत्सवको आधार कृषि र पर्यटन आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मूल नाराका साथ स्याङजामा ऐतिहासिक ‘प्रथम स्याङजा महोत्सव २०६३’, ‘दोस्रो स्याङजा महोत्सव २०६६’, ‘तेस्रो स्याङजा महोत्सव २०६८’, चौथो स्याङ्गजा महोत्सव २०७२ को आयोजना भई सफल रूपमा सम्पन्न भइसकेको छ ।
यसवर्ष २०७४ माघ २६ गते देखि फाल्गुन ०८ गतेसम्म विगतका वर्षहरुको भन्दा अझ प्रभावकारी रूपमा प्रदेश नं ४ स्तरीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेलाको रुपमा पा“चौ स्याङजा महोत्सव २०७४ आयोजना गरिएको छ । महोत्सवले, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार व्यवसाय, उद्योग र उत्पादनको प्रवद्र्धन गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन, पर्यटनलगायत अन्य पेशासंग सम्बन्धित विभिन्न क्षेत्रको उत्थान गरी स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन मद्दत गर्नेछ र विभिन्न राजनीतिक दल, सरकारी निकाय, सामाजिक संघसंस्था, वित्तीय संस्था, शैक्षिक संस्था, धार्मिक संस्थाहरु, जातीय समाजहरु, नागरिक समाजलगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा आपसी सद्भाव एवं समन्वय तथा माया बाँड्न सफल हुनेछ भन्ने अपेक्षा गरिएको छ । महोत्सवमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य दर्शक एवं पर्यटक भित्र्याउन तथा दर्शकहरूलाई आकर्षित गर्न निम्न प्रदर्शनीहरूको आयोजना गरिने लक्ष्य छ ।
स्टल : महोत्सवमा विभिन्न प्रकृतिका झण्डै ३०० स्टल रहनेछन् । महोत्सव अवधि ः महोत्सव माघ २६ गतेदेखि फागुन ८ गतेसम्म चल्ने छ ।
महोत्सवको लक्ष्य :
यस महोत्सवको लक्ष्य यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा प्रचार प्रसार गर्ने र पर्यटकीय विकास क्षेत्रको रुपमा संवद्र्धन, प्रवद्र्धन र विकासमा सचेतना जगाउने र औद्योगिक उत्पादन, स्थानीय घरेलु, कुटिर तथा कृषि तथा वनजन्य उत्पादनहरुको बजार प्रवद्र्धन गर्नुका साथै प्रतिस्पर्धात्मक रूपमा बजारमा पुर्याउने, गुणस्तरीय उत्पादन बढाउनुका साथै स्वरोजगार सिर्जना गरी स्थानीय आर्थिक विकासमा सघाउ पुर्याउँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुयाउने रहेको छ ।
‘कृषि र पर्यटनलाई प्राथमिकता राख्छौं’

विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’
अध्यक्ष-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
पाचौं स्याङ्जा महोत्सव–२०७४, मूल आयोजक समिति
देशभर महोत्सवको माहौल चलिरहेको छ । महोत्सवलाई केवल महोत्सवमा मात्र सीमित राख्नु हुँदैन् । विगतमा भएका महोत्सवका अनुभवलाई आधार बनाएर हामीले कृषि र पर्यटनलाई व्यावसायिक र आयआर्जनको माध्यम बनाउन जोड दिएका छौं । देश संघीयतामा गइसकेको छ, यसलाई व्यवस्थित बनाएर कृषिलाई दिगोपना र पर्यटन क्षेत्रका पूर्वाधार निर्माण गर्न सकेको खण्डमा मेला महोत्सवको अर्थ हुनेछ ।
कृषिमा आधुनिकीकरण गर्दै प्रविधिमा आधारित पेसा बनाउन सकेको खण्डमा आयआर्जन र पेसा व्यावसायिक बनाउनेतर्फ लाग्नु आजको आवश्यकता हो । नेपाल कृषि प्रधान देश भनिरहने तर त्यसको व्यावसायिकीकरण नगर्दासम्म नारा केवल फिक्का हुन्छन् ।नेपाल त्यसमा स्याङ्जा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएर पनि त्यसको व्यवस्थित विकास हुन सकेको छैन । पर्यटनमा पूर्वाधार बनाएर जिल्ला भित्रने पर्यटकको बसाई लम्ब्याउन सकेको खण्डमा पर्यटन क्षेत्र आर्थिक विकासको आधार हुने थियो । नेपालको पहिलो गा्रामीण पर्यटन गाउ ‘सिरुबारी’ मा आवश्यक पूर्वाधार अभाबमा स्थानीयहरू पेसा बिमुख हुन बाध्य भए । त्यसको अनुभवले पनि पूर्वाधारमा लगानी गर्नुको विकल्प छैन ।
‘स्याङ्जालाई शिक्षाको ‘हब’ बनाउनुपर्छ’

रवीन्द्रमान श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
प्रशंसापत्र तथा सम्मान उपसमिति
देश संघीय शासनमा गएपछि विकासका आधार र पूर्वाधार पनि स्थानीय तहअनुसार हुने भएकाले विकासले द्रुत गति लिने विश्वास गर्न सकिन्छ । प्रदेश नं. ४ को मुकाम पोखरा नजिकै रहेकाले पर्यटकीय विकास पोखरा र विश्वविद्यालय र प्रविधिजन्य विषयको अध्ययन स्थल बनाउन सके स्याङ्जा शैक्षिक ‘हब’ बनाउन सकिन्छ ।शिक्षामा राज्यबाट भएको लगानी बालुवामा पानी सरह भएको छ । त्यस विषयमा जानकार हुँदाहुँदै शिक्षामा गरिने लगानी अब प्रतिफल मूलक बनाउनु जरुरी छ । अब उच्च शिक्षा आर्जन गर्ने थलो प्रदेश नं. ४ को केन्द्र पोखरा नभएर स्याङ्जालाई बनाउनुपर्छ । अब नेपालमा प्रदेशअनुसार वैकल्पिक रूपमा विकासका आधार तयार नगर्ने हो विकासले गति लिन सक्दैन् ।
शिक्षालाई व्यावसायिक बनाउँदै राज्यले त्यसमा लगानीको वातावरण बनाउन सके दातृ निकायले नेपालको शिक्षा क्षेत्रमा ठूलो लगानी गर्ने थिए । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ गुडिखोलाबाट पोखराको छोरेपाटन सुरुङमार्ग बनाउन सके पोखरा झन्डै ८ किलोमिटर नजिकको दूरीमा हुने भएकाले पनि पोखराको वैकल्पिक शैक्षिक ‘हब’ स्याङ्जालाई बनाउनुपर्छ ।‘जलविद्युत्मा लगानी भित्र्याए समृद्धि आउछ’

हिक्मत श्रेष्ठ
प्रथम उपाध्यक्ष-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
स्थल तथा मञ्च व्यवस्थापन उपसमिति
जलविद्युत्मा स्याङ्जा प्रचुर र अथाहा सम्भावना रहेको जिल्ला हो । यसमा लगानी भित्र्याउन सके जलविद्युत्को व्यापारबाट स्याङ्जालाई समृद्ध बनाउन सकिनेछ । लगानी खोज्न दातृ निकायसमेत गुहार्न पर्दैन । राज्यले लगानीको सुरक्षित छ भनेर ग्यारेन्टी गर्ने हो भने नागरिक स्तरमा रहेको पु“जीले नै जलविद्युत्को विकास गर्न सकिन्छ ।
स्याङ्जा भएर बग्ने नेपालकै ठूलो नदी कालीगण्डकी, जलको अथाहा स्रोत रहेको आ“धीखोला र ज्याग्दीखोलाबाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । नदी र खोलामा हजारौं हजार मेगावाट विद्युत् निकाल्न सकिने भएकाले त्यसको कारोबार नगदमा हुने भएकाले पनि समृद्ध जिल्ला बनाउन सजिलै सकिन्छ ।
नेपालका छिमेकी ठूला देश भारत र चीनमा नेपालको विद्युत् पुर्याउन सके मात्रै आर्थिक स्रोत यथेष्ट हुने थियो । नीतिगत रूपमा सुधार गरेर केन्द्र सरकारले पहल गरेमा सम्पूर्ण देश त्यसमा पनि स्याङ्जाको समृद्धि छिट्टै हात लाग्ने थियो ।
‘उत्पादनलाई निकासी उन्मुख बनाऔं’

महादेव श्रेष्ठ
द्वितीय उपाध्यक्ष-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
सुरक्षा व्यवस्थापन उपसमिति
हामीले ठूलो लगानी गरेर पनि त्यसबाट प्रतिफल प्राप्त गर्न सकेका छैनौं । अब लगानीलाई नजितामूलक बनाउनका लागि गुणस्तरीय उत्पादन गर्न सकेको खण्डमा स्थानीय स्तरमा हुने उत्पादनलाई निकासी गर्न सहज हुने थियो । हामीले उत्पादनलाई गुणस्तरीय बनाएर निकासी उन्मुख हुन सकेको खण्डमा आयात प्रतिस्थापन गर्न सकिन्छ ।
परम्परागत उत्पादनलाई प्रविधिमूलक नबाएर भारत र चीनका बजारमा प्रतिस्पर्धामा उœन सक्ने गुणस्तरीय सामग्री निर्माण गर्न सक्नुपर्छ । जिल्लाभित्र उत्पादन हुने अदुवा, कफी, सुन्तला र तरकारीको सहज बजार भएर पनि निकासीमूलक बनाउन नसक्दा अपेक्षाकृत उपलब्धि हात पार्न सकिएको छैन ।
स्याङ्जामा उत्पादन हुने कृषिजन्य वस्तु धेरै भए पनि त्यसको व्यवस्थापन गर्न सकिएको छैन । स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रभावकारी बजारीकरण गर्न नसक्दासमेत लगानीकर्ताहरू निराश छन् । लगानीकर्तालाई निराश हुन नदिनसमेत गुणस्तरीय सामग्री उत्पादन गरेर वस्तुलाई निकासी उन्मुख बनाउनु आवश्यक छ ।
‘घरेलु उत्पादनलाई बजारसग जोड्न आवश्यक छ’

सुनिता गौतम पौडेल
तृतीय उपाध्यक्ष-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
कलाकार व्यवस्थापन उपसमिति
केन्द्र सरकार र स्थानीय सरकारले घरेलु उत्पादनलाई प्राथमिकता राखेर लगानी गरे पनि त्यसबाट लगानी अनुसारको प्रतिफल हात पार्न सकिएको छैन । समाजसेवक हुन वा राजनीतिक नेतृत्व भाषणमा घरेलु उत्पादनलाई प्राथमिकतामा राखेका छौं भन्ने तर व्यवहारमा ठीक उल्टो हुने प्रचलनले घरेलु उत्पानलाई बजारस“ग प्रत्यक्ष जोड्न आवश्यक छ ।
मेला महोत्सवमा हामीले घरेलु उत्पादन र हस्तकलाका सामग्रीलाई ग्राहयता दिएर प्रदर्शन त गर्ने गरेको छौं तर प्रदर्शन हुने समयसम्म कति राम्रो भन्ने तर व्यापारिक बनाउन नजिकएको तितो यर्थात हामी माझ छ । त्यसैले घरेलु उत्पादनलाई बजारस“ग जोड सकेमात्रै त्यो क्षेत्र आफैंमा आत्मनिर्भर हुने थियो ।
हाम्रो प्रयत्न अब घरेलु उत्पादनलाई बजारसम्म पुर्याउने वातावरण बनाएर उत्पादनमा निर्भर भएकालाई आत्मनिर्भर बनाउन सके मात्रै लगानी र भाषणको अर्थ हुने थियो । मेला महोत्सवमा देखाउने मात्रै होइन बजार विस्तारमा राज्य तहबाट दिगो पहल हुनुपर्छ ।
‘लगानीको वातावरण तयार गर्न पहल गरौं’

भीमकुमार श्रेष्ठ
महासचिव
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, स्याङ्जा
लगानीका लागि विषयगत क्षेत्र भएर पनि हामीले सुरक्षित लगानी गर्न आकर्षण गर्न सकिएको छैन । आर्थिक क्षमता भएर पनि लगानी सुरक्षित गर्न नसक्दा हामीले धेरै क्षेत्रमा पछाडि पर्नु परेको छ । अब हामीले लगानीलाई साझा मुद्दा बनाएर सुरक्षित वातावरण तयार गर्न सक्नुपर्छ ।
नेपाल जस्तै स्याङ्जा पनि हरेक क्षेत्रमा सम्भाबना भएको ठाउ“ हो । जलस्रोत, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा लगानीको सम्भावना भएर पनि हामीले त्यसको समयानुकूल लगानी गर्न सकेका छैन । राज्य लामो समयमा राजनीतिक खिचातानीमा रहन बाध्य भयो त्यस कारणले पनि हामीले लगानीलाई सुरक्षित बनाएर भिœयाउन सकेनौं ।
लगानीलाई सुरक्षित र आकर्षित बनाएर रोजगारमूलक समाज स्थापना गरेर आर्थिक उन्नति गर्न सहज हुने थियो । हाम्रा कारणले लगानीका लागि आएका दातृ निकायसमेत भाग्न बाध्य छन् । हामीले क्षेत्रगत नीतिमा सुधार गरेर लगानीमैत्री वातावरण बनाउन सकेनौं भने आर्थिक उन्नति दिवास्पना हुनेछ ।
‘राज्य पुनर्संरचनाअनुसार बजार बनाऔं’

आशिष लम्साल
सचिव-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
स्वागतद्धार निर्माण उपसमिति
नेपाल संघीय संरचनाअनुसार तीन तहमा गएको छ । अब बजारलाई समेत संघीय संरचनाअनुसार चलाउनुपर्ने भएको छ । सदरमुकाम केन्द्रित बजार तथा व्यापार अब स्थानीय तहअनुसार नगए व्यासाय बन्द गर्नुको विकल्प छैन ।
बजार अनि व्यापार समयअनुसार परिवर्तन हु“दा व्यवसायी पनि सोहीअनुरूप चल्न नसक्दा व्यापारबाट उपलब्धि हासिल गर्न सहज छैन । राज्यले निर्धारण गर्ने नीति नियम र परिस्थिति अनुरूप चल्नु समयको माग हो त्यसैले आफ्नो व्यापारलाई संघीयताअनुसार स्थानीय तहका बजारमा जोड्नु आजको प्रमुख चुनौती हो ।
संघीयताले बजारको सम्भावनालाई ह्वात्तै बढाएर व्यापारमा वातावरणलाई फराकिलो बनाएको छ । उद्योगी व्यावसायिका लागि यो स्वर्णिम समय हो । स्वर्णिम समयको बजारलाई व्यापारमा जोड आवश्यक छ र त्यो आवश्यकता पूरा भए आर्थिक उन्नति सहज हुनेछ ।
‘तरकारी र फलफूल खेतीलाई व्यावसायिक बनाऊ’

सुन्दरकुमार श्रेष्ठ
सह–सचिव-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
अटोमोबाइल व्यवस्थापन उपसमिति
जल, जमिन र जवानीको संयोजनबाट हामीले आर्थिक उन्नति हात पार्न सहजै सक्छौं । निर्वाहमुखी उत्पादनलाई छोडेर व्यावसायिक बनाउन सकेको खण्डमा बाझै रहेका जमिन खेरा गएको जल र पैसाको खोजीमा बिदेसिएको श्रमलाई यही खर्चिन सकेमा आशातित उपलब्धि हासिल गर्न सहज हुने थियो ।
मौसमी तथा बेमौसमी तरकारी तथा फलफूलका लागि स्याङ्जा प्रचुर सम्भावना रहेको जिल्ला हो । हामीले कालीगण्डकी, आ“धीखोला र ज्याग्दीखोला किनाराका फा“टहरूमा नजिकै खेरा गएको पानीको सही प्रयोग गरेर तरकारी र फलफूल खेतीलाई व्यावसायिक बनाउन सकिन्छ ।
उत्पादनलाई प्रविधिस“ग जोड्न सकेमात्रै थोरै खर्चमा धेरै उत्पादन गर्न सकिन्थ्यो । आधुनिकतालाई जीवन पद्धतिस“ग जोड्न नसक्दा हामीले आफ्ना व्यवसायलाई निर्वाहमा सीमित बनाएका छौं । सम्भावना भएर पनि प्रविधि मिलाउन नसक्दा तरकारी र फलफूल खेती व्यावसायिक बन्न सकेको छैन् ।
‘अर्थको जोहो गरे व्यवसायीको क्षमता अभिवृद्धि गर्नुछ’

राजनप्रसाद घिमिरे
कोषाध्यक्ष-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ
आर्थिक व्यवस्थापन उपसमिति
मेला महोत्सवलाई खानपान, रमाइलोमा मात्र सीमित नगरेर आर्थिक स्रोतको पहिचान गर्दै कोषको क्षमता बढाएर व्यवसायीको क्षमता बढाउनु जरुरी छ । सरकारले व्यवसायीलाई करको दायरमा मात्र ल्याउने प्रयास गरिरहँदा छाता संगठनले सदस्यहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनु आवश्यक छ ।
अर्थको जोहो गरेर व्यवसायिलाई क्षमता अभिवृद्धिमा लगाउन सके व्यवसायीहरू मेला, महोत्सव र संगठनका गतिविधिमा आकर्षित हुने थिए । व्यवसायीको क्षमता अभिवृद्धिमा ध्यान दिन सके संगठनप्रतिका माया र सद्भावमा वृद्धि हुना साथ संगठनले मूर्तरूप लिन कुनै कठिन हुँदैन ।
हामीले व्यवसायीको क्षमता बढाएर राज्यले दिने निर्देशनलाई सहजै व्यवहारमा रूपान्तरण गराउन सकेको खण्डमा राज्यले व्यवसायीबाट खोजेको वस्तु र व्यवसायिले राज्यबाट खोजेको सेवा लिन सहज हुन्छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता व्यवसायिको क्षमता अभिवृद्धि गर्नुछ ।
‘महोत्सवलाई महोत्सवमा सीमित नराखौं’

नारायणप्रसाद ढकाल
सह–कोषाध्यक्ष-संयोजक
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, स्याङ्जा
पास व्यवस्थापन उपसमिति
आजकल मेला–महोत्सव केवल आर्थिक संकलनमा सीमित हुँदै गएको छ । मेला–महोत्सवलाई फराकिलो दायरामा परिणत गरेर महोत्सव अवधिमा हुने अनुशरण गर्न योग्य उत्पादन र वस्तुलाई निरन्तरता दिन सक्नुपर्छ । महोत्सव उत्पादन र बजारस“ग जोड्ने पुल काम गर्ने हुन सक्नुपर्छ ।
महोत्सवलाई समेत आधुनिक बनाएर सम्भाबना, प्रविधि, उत्पादन र बजारस“ग जोड्न सक्नु आजको चुनौती हो । चुनौतीको सामाना गर्दै उत्पादन र बजारस“ग जोड्ने सेतुको रूपमा महोत्सव विकसित गर्नु आवश्यक छ ।
घरेलु उत्पादन, स्थानीय वस्तुको पहिचान गरेर दिगो आर्थिक विकासको आधार बनाउन सके मात्रै महोत्सवको महत्व र गरिमा बढ्ने थियो । महोत्सवलाई आक्रषण बनाउने नाममा देशमा रहेको धेरै थोरै भए पनि केहि रकम बाहिरीने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ ।

 प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्