Logo

प्राधिकरण महानिर्देशकलाई पर्यटन मन्त्रीको दोस्रो स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महनिर्देशक प्रदिप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । गत सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटन मन्त्री सुदन किरातीले सात दिनभित्र ९ बुँदे स्पष्टीकरण बुझाउन भनिएको थियो । तर उक्त समयभित्र सोधिएको प्रश्नको जवाफ न आएपछि बुधबार मन्त्री किरातीले मन्त्रप्स्तरीय निर्णय गर्दै के कति कारणले जवाफ नपठाएको हो, स्पष्ट जवाफ ३ दिन भित्र लेखेर पठाउन भनेका छन् ।

मन्त्रालयल भनेको छ,“अन्यथा कानूनअनुसार प्रकृया अगाडि बढ्ने छ ।” पदिय दायित्व निर्वाह नगरेको, अनियमितता गरेको, विमानस्थल निर्माण गर्दा आर्थिक नोक्सानी पुर्‍याएको, गैरजिम्मेवार अभिव्यक्ति दिएको र प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा वर्गिकरण नगरेको भन्र्दै मन्त्री किरातीले स्पष्टीकरण सोधका थिए । स्पष्टीकरण पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको छ ।

सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा किन नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति महानिर्देशक अधिकारी नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार रहेको र उनी महानिर्देक भएपछि २ वटा यात्रु विमानहरु र ३ वटा हेलिकप्टरहरु दुर्घटना भइ धनजनको क्षति भएको, वायुयानसँग सम्बन्धित गम्भिर घटना निरन्तर भइरहँदा देशले क्षति व्यहोर्नु परेको, नेपालको उड्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको स्पष्टीकरणमा भनिएको छ ।

वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपाय भन्दा अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको सिद्धान्त विपरित घटना दुर्घटना पछि प्रतिक्रियामा जाने गरेको देखिँदा नियामक निकायको प्रमुखको रुपमा नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने महानिर्देशकको क्षमतामा प्रश्न उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्