समस्र्वीद्वारा गायक सुशान्त केसी ब्रान्ड एम्बेसडर घोषणा «

समस्र्वीद्वारा गायक सुशान्त केसी ब्रान्ड एम्बेसडर घोषणा

समस्र्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त केसीलाई साउन १६ बाट लागू हुने गरी एक वर्षका लागि ब्रान्ड एम्बेसडर घोषित गरेको छ । नेपाली युवाहरूमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमस्र्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त केसीेले फ्रेन्डसीप महिनालाई अझै सुरिलो र यादगार बनाउन सहकार्य गरेका छन् ।
गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाइरेक्टर बैभव शर्माले यो सहकार्यबाट दुवैबीच परिपूरक हुनेमा विश्वस्त रहेको बताए । यस्तै, सुशान्त प्रसन्न हुँदै भने, “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आबद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ ।
मलाई आशा छ सोमस्र्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु ।” सोमस्र्वीले अन्तर्राष्ट्रिय फ्रेन्डसीप महिना– अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान ‘सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल’ उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका ५०० भन्दा बढी बिक्री केन्द्रहरूमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त केसीले धरान, बुटवल, काठमाडौं, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्