चलचित्रकर्मी राजेन्द्र खड्गी पक्राउ «

चलचित्रकर्मी राजेन्द्र खड्गी पक्राउ

मानव तस्करीको अभियोगमा चलचित्रकर्मी राजेन्द्र खड्गी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले ५७ वर्षीय खड्गीलाई पक्राउ गरेको हो । विभिन्न व्यक्तिसँग रकम असुलेर दक्षिण कोरियामा चलचित्र सुटिङ, नाटक, डकुमेन्ट्री लगायत काममा पठाउने र उतै भगाउने काममा संलग्न रहेको खड्गीमाथि आरोप लागेको छ । ठमेलबाट पक्राउ परेका खड्गीलाई काठमाडौं जिल्ला अदालतले मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गर्न व्यूरोलाई ५ दिनको म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्