दरबारमार्गमा दाबिलो रेस्टुराँ «

दरबारमार्गमा दाबिलो रेस्टुराँ

दरबारमार्गमा सञ्चालन हुँदै आएको द एम्पायर रेस्टुराँ र हस्पिटालिटी ब्रिज प्रालिको संयुक्त लगानीमा दाबिलो रेस्टुराँ सञ्चालनमा आएको छ । यसअघि द एम्पायर रहेको ठाउमै नयाँ रेस्टुराँ दाबिलो सञ्चालनमा आएको हो ।
दाविलो रेस्टुराँले नेपाली मौलिक खानाका साथै विभिन्न प्रकारका विदेशी तथा स्वदेशी परिकार उपलब्ध गराउनेछ । दाबिलोले नेपाली खानालाई पर्यटन वर्ष २०२० माफर्त संसारभर चिनाउने गरी परिकारहरू तयार गरेको जनाएको छ । त्यस्तै, एक वर्षभित्र कम्तीमा दुइटा आउटलेट पनि स्थापना गर्ने योजना छ । दाविलोले तुलनात्मक रूपमा सस्तो तर स्वस्थकर र स्वादिलो परिकार दिने हस्पटीलिटी ब्रिजका अध्यक्ष अनुप शर्माले बताए । नयाँ रेस्टुराँमा कुल ३ करोड रुपैयाँ लगानी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्