सीजी ब्रान्डका नयाँ फ्रिजहरू बजारमा «

सीजी ब्रान्डका नयाँ फ्रिजहरू बजारमा

नेपाली ब्रान्डमा नं.१ ब्रान्ड र नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल सीजीले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँ–नयाँ मोडलका फ्रिजहरू बजारमा ल्याएको छ ।
जसअन्तर्गत सिंगल डोरमा २५ वटाभन्दा बढी मोडलहरूमा उपलब्ध छन् । यी फ्रिजहरू हेर्दा निकै नै आकर्षक देखिन्छन् । विभिन्न किसिमका फुलबुट्टा र रंगहरूमा उपलब्ध यी फ्रिजहरूमा ५ वर्षसम्मको वारेण्टी छ । यसको विशेषताको भन्नु पर्दा यी फ्रिजहरूमा पावरफुल कम्प्रेसर, सुपर कुइकआइस, ग्रिप ह्न्डल आदि जस्ता अरू पनि थुप्रै विशेषता छन् ।
त्यस्तै डबल डोरको बारेमा भन्नु पर्दा हालै सीजीले वाटर डिस्पेन्सरसहित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा अब तपाईंले फ्रिज भित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै पनि लिन सक्नुहुनेछ । यसमा कुईक फ्रिजिङ, ए++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४डी फ्रिजिङ जस्ता विशेषताहरू छन् । त्यसैगरी अर्को नयाँ साइड वाइ साइड र मल्टिडोरयुक्त फ्रिजहरू पनि ल्याएको छ । जसमा १० वर्षसम्मको वारेण्टी पनि छ ।
यी फ्रिजहरूमा आफ्नो खानालाई धेरै समयसम्म ताजा बनाई राख्न सक्नुहुनेछ । यसमा ए++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्क्रिन, एन्टी ब्याक्टेरिया, डियोडोराइजेसन, किड्स लक, अर्लाम आदि जस्ता धेरै विशेषता छन् । यसको अर्को प्रमुख विशेषता भनेको यसमा तीनवटा मोडहरू छन् । जसमा होलिडे फंसन, इको फंसन र सुपर फ्रिज फंसन छन् । यी मोडहरूको प्रयोग गरी तपाईंहरूले आफ्नो खानालाई धेरै समयसम्म ताजा राखी स्वास्थ्यलाई स्वस्थ राख्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्