बाढीले खेतीयोग्य जमिन डुबानमा «

बाढीले खेतीयोग्य जमिन डुबानमा

जुम्ला- भारी वर्षाका कारण तिला नदीमा आएको बाढीले जुम्लाका सयौं रोपनी खेत डुवानमा परेको छ । तातोपानी गाउँपालिका–१ नम्बर बाईराका गाउँका स्थानीयले कालीमार्सी धान रोपेको खार्माटा ज्यूलो डुबानमा परेको हो । स्थानीय वीरेन्द्र शाहीले बाइराका बासिन्दाले कालीमार्सी धान रोप्ने ज्यूलो सखाप भएको बताए । समयमै तटबन्ध बनाउन नसक्दा खेतीयोग्य जमिन डुबानमा परेको उनले बताए ।
यो वर्ष बाईराकाबासीले मार्सी भित्र्याउनै नपाउने भएका छन् । झन्डै ६० घर रहेको बाईराँकामा यस वर्ष ५० प्रतिशतले कालीमार्सी भित्र्याउन पाउने छैनन् । अव्यवस्थित रूपमा नदीजन्य वस्तुको उत्खनन् गर्दा नै खेतीयोग्य जमिन डुबानमा परेको स्थानीयको भनाइ छ । स्थानीय सरकारले नदीजन्य वस्तु उत्खनन्मा कडाइ गर्न नसक्दा त्यसले भविष्यमा आईपर्ने समस्यालाई मध्यनजर नगर्दा ठूलो क्षति भएको स्थानीय कालीबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्