नौमती बाजा संरक्षणमा ब्राम्हण «

नौमती बाजा संरक्षणमा ब्राम्हण

इलाम-नौमती बाजा प्रायः दलित समुदायले नै बजाउनु पर्ने भन्ने मान्यता तोडिँदै गएको छ । पूर्वी नेपालका ब्राम्हण समुदाय नौमती बाजा बजाउन मात्र हैन संरक्षणमा नै जुटेको छ । अर्को अनौठो कुरा त यहाँका ब्राम्हण समुदाय ब्यावसायिक रूपमा बजाउँदै हिँड्न थालेका पनि छन् ।
इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा नौमतीको धुन घन्किँदा यसलाई चाख मानेर हेर्ने धेरै थिए । हुस्सु र वर्षाबीच भए पनि विवाह उत्सवमा घन्किएको यो धुनले धेरैको मन तानेको थियो । यसअघि यहा“ नौमती र पञ्चेवाजा धुन बजाउनेभन्दा फरक समुदायले यी बाजामा सुरताल मिलाएको नौलो देखिएको थियो ।
कुनै जाति विशेषले मात्र यी बाजा र संस्कृति संरक्षण गर्नुपर्छ भन्ने मान्यताका कारण लोप हु“दै गरेको संस्कृति जोगाउने उद्देश्यका साथ झापाको एक्टिभ नाइन भन्ने समूह नौमती घन्काउँदै इलामसम्म आएको हो ।
यस समूहमा सबै ब्राम्हण क्षेत्रीमात्र रहेको समूहका अध्यक्ष गोविन्द निरौलाले बताए । आफ्नो आयआर्जनभन्दा पनि नया“ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने र उनीहरूलाई रोजगारीको अवसरसमेत सिर्जना गर्ने उद्देश्यले यो काम थालेको उनको भनाइ छ ।
नरसिंहा बजाउनेदेखि सनाई फुक्ने र ट्याम्को दमाहा ठोक्ने सबै ब्राम्हण क्षेत्री छन् । सभागृह परिसरमा देखिएको दृष्यलाई धेरैले फरक भावमा हेरेको प्रष्ट हुन्थ्यो । झापाको विर्तामोड क्षेत्रलाई कार्यथलो बनाएका विभिन्न पेशामा आबद्धले यो नौलो कार्यको थालनी गरेका हुन् । फुर्सदको समयमा साथीभाइ जम्मा भएर गफगाफमा बिताउने समयको सदुपयोग गरेर भए पनि यस कार्यमा समय दिइएको समूहका सचिव भानु खनालको भनाइ छ । नरसिंह फुक्न माहिर भइसकेका सचिव भानु खनालले उपलब्धिविहीन भेटघाटभन्दा समाजमा उदाहरणीय र समाजलाई फाइदा पुग्ने केही काम गरुँ भन्ने लागेर यो काम थालिएको हो । अधिकांश छापाखाना व्यवसायी रहेको यो समूहमा १२ जना छन् । सबैले आ–आफ्नो बाजा मज्जाले घन्काउन जानेका छन् । विवाह उत्सवमा बोलाउँदा सबैको समय नमिल्न सक्ने भएकाले अरु साथीलाई पनि प्रशिक्षण दिइरहेको उनीहरू बताउँछन् । सनाईको मिठो धुन निकाल्ने रोहित भट्टराईले अब यस कार्यलाई निरन्तरता दिने जानकारी दिए ।
आम्दानीको १० प्रतिशत सामाजिक कार्यमा लगाउँदै आएका उनीहरूले नौमती बाजाको संरक्षणका लागि कलेज नै सञ्चालन गर्ने सोच बनाएका छन् । नौलो अभ्यास र संस्कृति जर्गेनाको प्रयास भन्दै धेरैले विवाह उत्सवमा उनीहरूलाई बोलाउने गरेका हुन् । यसअघि कसैले कुनै पनि बाजा बजाउन नजानेको अवस्थामा २ महिनासम्म उनीहरूले तालिम लिएका थिए । तालिम गर्ने ठाउ“को व्यवस्थापनमा पनि निक्कै झन्झट व्यहोरेका उनीहरूलाई नरेन्द्र दर्नाल र रामचन्द्र डोलीकार्कीले तालिम दिएका थिए । बिहान बेलुकै तालिम गर्नुपर्ने तर टोलमा नै होहल्ला हुने भएकाले निकै ठाउ“ चाहरेर मात्र बाजा बजाउन सिकेको समूहमा काम गरिरहेका विनोद दाहालले बताए । तालिम सकिएपछि उनीहरूको माग बढ्दो छ । नौलो पहल लागेर छोराको विवाहमा यो समूहलाई इलामसम्म ल्याएको झापाका दिपक बोहोराको भनाइ छ । उनले राम्रो लागेकै कारण यस कार्यलाई बचाउन सबै समुदाय लाग्नुपर्ने धारणा राखे ।

टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्