चीनसँगको टक्करमा एसियामा मिसाइल तैनाथ गर्दै अमेरिका «

चीनसँगको टक्करमा एसियामा मिसाइल तैनाथ गर्दै अमेरिका

सिडनी-पछिल्लो समयमा एसियामा चिनियाँ प्रभाव बढ्दो छ । यसका लागि अमेरिका मुकाबिला गर्नका लागि तयार देखिएको छ । अमेरिका एसियामा आफ्नो इन्टरमिडियट रेन्जको नयाँ मिसाइललाई छिट्टै तैनाथ गर्न चाहन्छ । अमेरिकी रक्षा मन्त्री मार्क एस्परले शनिबार यसको घोषणा गरेका हुन् । उनले भनेका छन्,“हामी एसियामा आफ्नो मिसाइल तैनाथ गर्न चाहन्छौ ।” अमेरिकाले एसियामा आफ्नो मध्यम दुरीको नयाँ मिसाइलको तैनाथ गर्ने योजना बनाइरहेको छ कि भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।
अमेरिका अब इन्टरमिडियट रेन्ज नयूक्यिर फोर्सेज (आइएनएफ) सन्धीबाट नबाधिएको उनले बताए । आपूmहरु सकेसम्म चाडो मिसाइल तैनाथ गर्न इच्छुक भएको उनले बताए । यसका लागि कैयौ महिना लाग्न सक्छ । किनकी यसले लामो समय लिन्छ । अमेरिकाले यो मिसाइल कहाँ तैनाथ गर्ने भन्ने विषयमा भने उनले केही पनि बताएनन् । उनले भने,“म यो विषयमा धेरै बोल्दिन , किनकि यी सबै योजना र आफ्ना सहयोगीसँग हुने वार्तामा निर्भर रहन्छ ।”
अमेरिका शुक्रबार आईएनएफ सन्धीबाट अलग भएको थियो । उक्त सन्धी शीतयुद्धाकालिन समयमा गरिएको थियो । अमेरिकाले रुसमाथि सन्धीको उल्लंघन गरेको आरोप लगाएको छ । दुई देशकीच १९८७ मा यो सन्धी भएको थियो । उक्त सन्धीमा तत्कालिन अमेरिकी राष्ट्रपति रोनाड रेगन र सोभियत नेता मिखाइल गोर्भाचोभबीच हस्ताक्षर भएको थियो ।
सन्धी अनुसार दुई देश पारम्परिक तथा परमाणु आवद्ध मिडियम रेन्जको मिसाइललार्य सीमित गर्ने विषयमा सहमती भएको थियो । अमेरिका र रुसबीचको सम्बन्धमा आएको तीक्तताले यो सन्धी भंग भएको हो ।
सन्धीबाट अलग भएपछि अमेरिका अब चीनसँग मुकाबिला गर्नका लागि स्वतन्त्र भएको अमेरिकी रक्षा मन्त्रीले बताए । चीनसँग धेरैजसो यसै किसिमको मिसाइल रहेको छ । जुन सन्धी अनुसार प्रतिबन्धित रहेको छ । चीनले उक्त सन्धीमा हस्ताक्षर गरेको छैन ।
एस्परले भने,“म यो भन्न चाहन्छु कि चीनको ८० प्रतिशत मिसाइल अन्वेषण आईएनएफ रेन्जको रहेको छ । यसैले उनीहरुले यसमा चिन्ता लिनु आवश्यक छैन । किनकि हामी पनि यस्तै किसिमको क्षमता हासिल गर्न चाहन्छौ ।”

प्रतिक्रिया दिनुहोस्