एसबिआई बैंकको सहयोग

नेपाल एसबिआई बैंकको दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिशरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागी आर्थिक सहयोग गरेको छ ।
बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँ मार्फत एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम पनि गर्दै आएको जनाएको छ । सहयोग स्वरुप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधिन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबाले बताए ।