फलामेडाँडामा पाहुना घर «

फलामेडाँडामा पाहुना घर

म्याग्दी -करबाकेली पदमार्गअन्तर्गत जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडामा सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । गाउँको भ्रमणमा आउने पाहुनाको खाने बस्ने सुबिधाका लागि स्थानीय बासिन्दाहरूले सामुदायिक पाहुनाघर बनाएका हुन् ।
समुद्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित फलामेडाँडालगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीय स्थललाई समेटेर गत वर्ष करबाकेली पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।
पाहुनाघरमा एक दिनमा २० जनालाई खानेबस्ने सुबिधा उपलब्ध गराइने लोप्रेका पूर्ख पुनले दिए । आठकोठे पाहुना घर र सभाहल सहितको डाइनिङ हलका लागि दुइटा भवन बनाइएको छ । प्रदेश सरकारको १० लाख र जलजला गाउँपालिकाको १ लाख रुपैयाँ अनुदानमा पाहुनाघरको भवन बनाइएको हो । यसैगरी स्थानीय तुलबहादुर पुनले श्रीमती बहुमती पुनको पुण्य स्मृतिमा १९ लाख रुपैयाँ खर्चेर डाईनिङ हल बनाएका छन् ।
‘फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई थप तीव्रता दिएको पुनले जानकारी दिए । पहाडको टुप्पोमा समथर फाँट रहेको फलामेडाँडाबाट सूर्योदय, म्याग्दी, पर्वत र बागलुङका बस्ती, धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरि हिमाल र पहाडी भुगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
पmलामेडाँडामा प्रस्तावित भ्यू–टावरसम्म जाने ३६० मिटर ढुें सिढी सहितको पदमार्गसमेत बनेको छ । प्रदेश सरकारको ४ लाख ५० हजार, गाउँपालिकाको १ लाख २५ हजार अनुदान र समुदायको १ लाख १५ हजार रुपैयाँ चन्दा सहयोगमा पदमार्ग निर्माण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्