तेलको मूल्य घट्यो «

तेलको मूल्य घट्यो

वासिङ्टन-गत साता तेलको मौज्दात वृद्धि भएको सरकारी तथ्यांकले सार्वजनिक गरेपछि तेलको मूल्य ओरालो लागेको छ । अमेरिकी उत्पादनमा पनि वृद्धि भएको छ ।“कच्चा तेल र प्रशोधित तेलको उत्पादनमा मात्रै वृद्धि नभई अमेरिकी उत्पादन पनि प्रतिदिन १ करोड ब्यारेल नाघेको छ,” ऊर्जा निर्देशक टामर इसनरले बताए ।
अमेरिकी तेलको मूल्यमा प्रतिब्यारेल १.६० डलर अर्थात् २.५ प्रतिशतको गिरावट आएर ६१.७९ डलर कायम भएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि १.३५ डलर अर्थात् २ प्रतिशतको गिरावट आएर प्रतिब्यारेल ६५.५१ डलर कायम भएको छ । यो तेलको मूल्य डिसेम्बर २६ देखि ६६ डलरमुनी झरेको थिएन ।
अमेरिकाको व्यापारिक प्रयोजनको कच्चा तेलको मौज्दातमा फेब्रुअरी २ सम्मको सातामा १९ लाख ब्यारेलले वृद्धि भई ४२ करोड ३ हजार ब्यारेल कायम भएको अमेरिकी उर्जा सूचना प्रशासनले जनाएको छ । यद्यपि यो विश्लेषकहरूको अनुमानको तुलनामा सालाखाला ३० लाख ब्यारेलले कम हो । पेट्रोल र डिजेलको मौज्दातमा पनि क्रमशः ३४ लाख ब्यारेल र ३९ लाख ब्यारेलले वृद्धि भएको ईआईएजे जनाएको छ ।अमेरिकी डलर सूचका पनि ९० सेन्टले वृद्धि भएको छ । यसले कमोडिटीमा थप दबाबको अवस्था सिर्जना गरेको अगेन क्यापिटलका जोन किल्डफले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्