सरकारी अधिकारीलाई जापानको छात्रवृत्ति «

सरकारी अधिकारीलाई जापानको छात्रवृत्ति

नेपालका लागि जापानका कार्यवाहक राजदूत युजो योसिओकाले जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न जापान जान लागेका सरकारका २० जना अधिकारीलाई मंगलबार बिदाइ गरे । जापान सरकारद्वारा मानव स्रोत विकास कार्यक्रमअन्तर्गत सन् २००० मा स्थापित यो छात्रवृत्ति कार्यक्रममा नेपाललाई पनि सन् २०१६ देखि समावेश गरिएको हो । योसँगै जापान अध्ययन गर्न जाने सरकारी विद्यार्थीको संख्या ८० पुग्नेछ ।
जेडिएस छात्रवृत्ति कार्यक्रमअन्तर्गत हरेक वर्ष राजपत्रांकित श्रेणीका २० जना अधिकृत जापान जाने गर्दछन् । जापानका विभिन्न विश्वविद्यालयमा अर्थशास्त्र तथा औद्योगिक नीति, मानव स्रोत क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध, न्याय प्रणालीलगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि दिइँदै आएको यस छात्रवृत्तिबाट यसअघि ६० जना नेपाली अधिकृत जापान गइसकेको जापानी राजदूतावासले जनाएको छ ।
जापान सरकारले एसियाका १५ देशलाई उपलब्ध गराउँदै आएको यस छात्रवृत्तिबाट अहिलेसम्म ४ हजार २ सय ७० जना सरकारी अधिकारी लाभान्वित भइसकेको भन्दै बिदाइ कार्यक्रममा कार्यवाहक राजदूत युजोले नेपालका युवा तथा प्रतिभावान अधिकृतले जापानका विभिन्न विश्वविद्यालयमा हासिल गर्ने थप ज्ञान र सीपले नेपालको कर्मचारीतन्त्रलाई समयानुकूल परिमार्जन गर्न सहयोग पु¥याउने अपेक्षा जापान सरकारले राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्