टेलिकमको स्प्रिङ अफर «

टेलिकमको स्प्रिङ अफर

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले स्प्रिङ अफर ल्याएको छ । यो योजना बिहीबारदेखि लागू भई आगामी वैशाख २५ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । जीएसएम तथा सीडीएमए मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिनेछ । कम्पनीले यसअघि उपलब्ध गराएका विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराएको कम्पनीले जनाएको छ । अब थप बोनससमेत गरी अल टाइम डाटा प्याकअन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ । २५ रुपैयाँमा ७ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ६९ एमबी डाटा उपलब्ध हुनेछ । ५० रुपैयाँमा १४ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी १४३ एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्मका लागि ४५६ एमबी, २०० रुपैयाँमा २८ दिनसम्मका लागि ९६९ एमबी डाटा र ३०० रुपैयाँमा २८ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी १७१० एमबी डाटा उपलब्ध हुनेछ । कम्पनीले जीएसएम तथा सीडीएमए मोबाइलमा नाइट डाटा प्याकअन्तर्गत१५ रुपैयाँमा १७१ एमबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा दिएको छ । ४५ रुपैयाँमा ५७० एमबी ७ दिनसम्म र ९० रुपैयाँमा १३६८ एमबी १४ दिनसम्म चलाउन पाइनेछ । त्यस्तै २०० रुपैयाँमा ३५०३ एमबी डाटा र ३०० रुपैयाँमा ७५८८ एमबी डाटा २८ दिनसम्म चलाउन पाइनेछ । सोसियल मिडिया डाटा प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिनेछ । यसअन्तर्गत १२ रुपैयाँमा ५७ एमबी डाटा ३ दिन, २५ रुपैयाँमा १२६ एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २६३ एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५७० एमबी डाटा र २०० रुपैयाँमा १२५४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । जीएसएम प्रिपेड÷पोस्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याकअन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसअन्तर्गत ११५ रुपैयाँमा १३६८ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ८० रुपैयाँमा ९१२ एमबी डाटा १४ दिन अवधिका लागि र ४५ रुपैयाँमा ४५६ एमबी डाटा ७ दिन अवधिका लागि हुनेछ । फोरजी डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा ३५ एमबी डाटा ३ दिनका लागि, ५० रुपैयाँमा २२८ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५७० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १३६८ एमबी, ३०० रुपैयाँमा २२८० एमबी र ५०० रुपैयाँमा ४१०४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । जीएसएम तथा सीडीएमए प्रिपेड-पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याकअन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४१० मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ । नाइट टाइम भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा ३ दिनसम्म ७० मिनेट र २५ रुपैयाँमा ७ दिनसम्म कम्पनीकै नेटवर्कभित्र २५० मिनेट कल गर्न सकिनेछ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्