सिमकोटमा पदयात्रा गर्ने पर्यटक बढि «

सिमकोटमा पदयात्रा गर्ने पर्यटक बढि

सन् २०१९को जुलाई सम्म हुम्लाको सिमकोट हुँदै मानसरोवर यात्रा गर्ने र सो क्षेत्रमा ट्रेकिङमा जाने पर्यटकको संख्या ६ हजार ३४ पुगेको छ । अध्यागमन विभागले नेपालको पदमार्गमा जानको लागि ट्रेकिङ परमिट भिषा जारि गर्ने गरेको छ । सन् २०१८मा १० हजार ८ सय १४ पर्यटकले मानारोवर यात्रा गर्नको लागि विभागबाट अनुमति लिएका थिए । यस्तै, विभागबाट सन् २०१८ मा २८ हजार ८ सय ७०ले  ट्रेकिङक परमिटको लागि अनुमति लिएका थिए । सन् २०१९को ६ महिनामा (जनवरी–जुलाई) सम्म मा १२ हजार १ सय ९ अनुमति लिएका छन् ।
सरकारले सो क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । नेपाल चीन सीमा क्षेत्र र बढि सहासिक जोखिम क्षेत्र भएकोले सरकारले नियन्त्रित र निर्देशीत क्षेत्रको सरकारले घोषणा गरेको हो । सो क्षेत्रमा जाने पदयात्रीको लागि ट्रेकिङ कम्पनी मार्फत ट्रेकिङ परमिट लिएर तोकेको राजस्व तिरेर गाइड सहित जान पाइन्छ । पर्यटकले समुहमा मात्र पदयात्रा गर्ने पाउने कानूनी व्यवस्था छ । सो क्षेत्रमा रहेको पदयात्रा अनुमति रकम बढि भएको भन्दै नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन् अफ नेपालले (टान) विभागलाई पदयात्रा दस्तुर घटाउन माग पनि गदै आएको जनाएको छ । सरकारले नेपालमा पर्यटक भित्र्याउनको लागि पदयात्रा दस्तुर घटाउनु पर्ने टानका अध्यक्ष नवराज दाहालको भनाई छ । विभागले गन्तव्य र दिन हेरेर सो क्षेत्रमा यात्रा गर्न पर्यटकलाई दस्तुर निर्धारण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्