क्यानडा विश्वकै सर्वाधिक शिक्षित मुलुक «

क्यानडा विश्वकै सर्वाधिक शिक्षित मुलुक

पेरिस-विश्वका उत्कृष्ट कलेजको वर्गीकरणमा प्रत्येक वर्ष अमेरिकी संस्थाले वर्चस्व कायम गर्दै आएका छन् ।विश्वका १० उत्कृष्ट विश्वविद्यालयमा ८ वटा अमेरिकामा छन्, तर केही उत्कृष्ट संस्था भए बाबजुद आर्थिक सहयोग र विकासका लागि संगठन ओईसीडीले बढी शिक्षितको सूचीमा अमेरिकालाई छैटौं स्थानमा राखेको छ । दुईवर्षे, तीनवर्षे वा चारवर्षे डिग्रीलगायतको शिक्षा हासिल गरेका २५ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई ओईसीडीले उच्च शिक्षित मानेको छ । यसैका आधारमा ओईसीडीले विश्वका सर्वाधिक शिक्षित मुलुकको वर्गीकरणमा समावेश गरेको छ ।
यो वर्गीकरणका आधारमा ५६.२७ प्रतिशतसहित क्यानडा पहिलो स्थानमा परेको छ । दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः जापान ५०.५० प्रतिशत, इजरायल ४९.९० प्रतिशत र कोरिया ४६.८६ प्रतिशत रहेका छन् ।यसैगरी पाचौं,छैठौं र सातौं स्थानमा क्रमशः संयुक्त अधिराज्य, अमेरिका र अस्ट्रेलिया ४५.९६, ४५.६७ र ४३.७४ प्रतिशत रहेका छन् ।
यसैगरी आठौं, नौं र दशौँ स्थानमा क्रमशः फिनल्यान्ड, नर्वे र लक्जेम्बर्ग ४३.६०, ४३.०२ र ४२.८६ प्रतिशत रहेका छन् ।
पहिलो स्थानमा पर्न सफल क्यानडामा ५६ प्रतिशत वयस्कले उच्च शिक्षापछि कुनै न कुनै किसिमको शिक्षा हासिल गरेका छन् ।
२०१६ मा डाभोसमा आयोजना भएको विश्व आर्थिक मञ्चमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउले क्यानडाको शिक्षालाई देशको सर्वाधिक ठूलो स्रोत भएको बताएका छन् ।“मानिसलाई सिक्नका लागि सक्षम बनाउन हामीलाई शिक्षाको आवश्यकता पर्छ,” उनले भने ।“हाम्रो प्राकृतिक स्रोत महत्वपूर्ण छ । यो सधैं हुनेछ,” उनले भने ।यो मामिलामा क्यानडालाई जापान, इजरायल र कोरियाले पछ्याएका छन् । ओईसीडीको सूचीमा अमेरिका छैटौं स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्