ह्वावे पी ३० : मिड फ्ल्यागशीपमा हाइरेन्ज फिचर «

ह्वावे पी ३० : मिड फ्ल्यागशीपमा हाइरेन्ज फिचर

एक लाख १९ हजार मूल्यको पी ३० प्रो भन्दा ३५ हजार कम मूल्यको पी ३० का धेरैजसो फिचर मिल्दा छन् । खासगरी एक पटक इन्ट्री लेभलको फ्ल्यागशीप चलाइसकेका लागि फ्ल्यागशीप अपग्रेड गर्ने अप्सनका रुपमा पी ३० लाई लिन सकिन्छ । क्यामरा बाहेकका फिचरहरु आगामी केही वर्ष पुरानो नहुने सदाबहार फिचर छन् । त्रिपल क्यामरा सेटअपको पी ३० स्टाइल पनि अझै केही वर्ष चल्ने अनुमान गर्न सकिन्छ ।

नेपालसहित दक्षिण एसियाली उपभोक्ताको रोजाइमा सस्तोमा राम्रो फिचर भएका फोन पहिलो प्राथमिकतामा पर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । ८–१० हजारदेखि एक लाख ७० हजार सम्मका स्मार्टफोहरु बजारमा आइसकेका छन्, आउँदै पनि छन् । स्मार्टफोनमा प्रायः खोजिने फिचर हो -याम, स्टोरेज र क्यामरा । फ्ल्यागशीप फोनमा यी फिचरका अलावा फोनको डिजाइन, प्रोसेसर, क्यामराको संख्या र गुणस्तर, स्क्रीन रिज्योलुसन र फोनको पर्फमेन्सदेखि डस्टप्रुफ, वाटर प्रुफ लगाएतका फिचरमा उत्कृष्टता खोजिन्छ । यी फिचरलाई उपभोक्ताको रुचीअनुसार मसिनो गरि प्रस्तुत गरिएको स्मार्टफोनमध्ये चिनियाँ कम्पनी ह्वावेको पी ३० पनि पर्दछ । एक महिना चलाउँदाको अनुभवका आधारमा ह्वावेको पी ३० विश्व बजारमा उपलब्ध सबैभन्दा महँगो मूल्यका फ्ल्यागशीप फोनको तुलनामा करिब आधा मूल्यमा हाइ रेन्ज फिचर भएको अब्बल फोनको रुपमा लिन सकिन्छ ।
मुख्य मुख्य विशेषता
पी ३० स्मार्टफोन ६ र ८ जीवी -याम अप्सनमा १२८ जीवी स्टोरेज, २३४० गुणा १०८० स्क्रीन रिज्योलुसन, ६.१ इन्चको स्क्रीन साइज, अनस्क्रीन फिंगरप्रिन्ट, डस्ट प्रुफ, आइपी ५३ वाटरप्रुफ, ७.५ एमएम पातलो, १६५ ग्राम तौल लगाएत मुख्य विशेषताको गुगलको एन्ड्रोइड पी अपरेटिङ सिस्टममा चल्ने फ्ल्यागशीप स्मार्टफोन हो । ३.५ एमएम ज्याक र टाइप सी पोर्ट दुबैबाट इयरफोन चलाउन मिल्नु फोनको फरक विशेषता हो । एक लाख १९ हजार मूल्यको पी ३० प्रो भन्दा ३५ हजार कम मूल्यको पी ३० का धेरैजसो फिचर मिल्दा छन् । यी दुई फोनमा मुख्य फरक भनेको क्यामरामा हो । पी ३० मा ४० मेगापिक्सेलको २७ एमएम वाइड लेन्स क्यामरा, १६ मेगापिक्सेलको १७ एमएम अल्ट्रावाइड लेन्स क्यामरा र ८ मेगापिक्सेलको ८० एमएमको टेलिफोटो लेन्स सहित त्रिपल लाइका रियर क्यामरा छन् । पी ३० प्रोमा लाइका क्वाड क्यामरा छन्, जसमा अल्ट्रा वाइड क्यामरा २० मेगापिक्सेलको छ भने अरु पी ३० अनुरुपकै छन् । दुबैमा सेल्फी क्यामरा ३२ मेगापिक्सेलको छ । पी ३० मा ३६५० एमएएच ब्याट्री छ भने प्रोमा ४२०० एमएचएचको छ । पी ३० प्रोमा पिक्सेल डेन्सिटी ३९८ पीपीआइ छ भने पी ३० मा ४२२ पीपीआइ रहेको छ । यसको अर्थ यो हो की स्क्रीनमा थोरै सानो रहे पनि पी ३० को स्क्रीन रिज्योलुसन पी ३० प्रो भन्दा राम्रो छ ।

चलाउँदाको अनुभव
पी ३० को वाटर ड्रप नोचसहितको वेजललेस डिस्प्लेको गुणस्तरियतामा ४२२ पीपीआइ पिक्चर डेन्सिटीका कारण फोन चलाउँदा फरक र गज्जबको अनुभूति हुन्छ । ठूला (महँगा) फोनमा साना साना फिचर पनि गज्जब लाग्ने खालका हुन्छन् । ढोकामा नक गरे जसरी एउटा औलाले दुई पटक नक गर्दा स्क्रीन सट लिइने, दुई वटा औंलाले नक गर्दा स्क्रीन सेकर्ड हुने र स्क्रीनमा नक नगरी विस्तारै कोरेर माइक्रोसफ्ट विन्डोजमा स्निपिङ टुलले जसरी आफूलाई आवश्यक पर्ने क्षेत्र ात्र सेलक्ट गरि स्क्रीन सट लिन सक्ने फिचर पनि फरक खालको राम्रो फिचर हो । सुरुका केही दिन फिचरहरुमा बानी परुन्जेल अलिक सहज महसुस हुन्न । जब पी ३० सँग बानी पर्न थालिन्छ, यसमै मन बस्न थाल्छ । एउटै हातले चलाउन मिल्ने, हल्का, मिलेको त्रिपल क्यामरा सेटअप, मनै लोभ्याउने अरोरा कलर, तिब्र गतिको पर्फमेन्स, छोटो समयमा हुने चार्ज, गेम र भिडियो पर्फमेन्सको तिब्रता, लो लाइटमा पनि गज्जबको फोटो लिन सकिने जस्ता फिचर गजब लाग्छन् ।
इमेज स्टेब्लाइजर राम्रो भएकाले पी ३० बाट फुल एचडी भिडियो खिच्न सकिन्छ । स्मार्टफोनका फिचर पढ्दा र सुन्दा कम चासो लाग्छन् तर स्मार्टफोन बोकेर महसुस गर्दा भने सन्तुष्टिको लेभल उच्च बनेर जान्छ । महिना घरमा थन्काइएको आफ्नो व्यक्तिगत फोन वनप्लस सीक्सलाई खासै मिस गर्न नपर्ने अनुभूति दिएको पी ३० प्रोलाई छाडेर एक महिनापिछ आफ्नै फोन बोक्दा भने पी ३० लाई मिस नगरी बस्न सकिएन । खासगरि एक पटक इन्ट्रि लेभलको फ्ल्यागशीप चलाइसकेका लागि फ्ल्यागशीप अपग्रेड गर्ने अप्सनका रुपमा पी ३० लाई लिन सकिन्छ । क्यामरा बाहेकका फिचरहरु आगामी केही वर्ष पुरानो नहुने सदाबहार फिचर छन् । त्रिपल क्यामरा सेटअपको पी ३० स्टाइल पनि अझै केही वर्ष चल्ने अनुमान गर्न सकिन्छ ।

सम्झौता गर्नुपर्ने पक्ष
पी ३० को नजिकको प्रतिस्पर्धा पी ३० प्रो सँगै देखिन्छ । नर्मल भ्युमा देखिने फोटोमा टेलिलेन्सबाट जुम गरेर खिच्दा आफ्नै आँखा अगाडि स्पष्ट देखिने भएकाले टेलिलेन्सबाट लाभ लिन सकिन्छ । ३० एक्स सम्म जुम गर्न सकिने भए पनि २० एक्स भन्दा माथि जाँदा फोटो अस्पष्ट बन्दै जान्छ, गुणस्तरमा सम्झौता गर्नुपर्छ । ४० मेगापिक्सेलमा जुम गर्न नमिल्ने भएकाले जुम गरेर लिने फोटो भए सेटिङ गरिरहनु पर्ने हुन्छ । यसो हुनु भनेको आँखा नजिक सेकेन्डभरमै हराउन सक्ने कुनै दृष्य त, झोलामा एसएलआर झिकेर फोटो खिच्नु पर्ने अवस्था जस्तो हो । यो सफ्टवेयरसँग सम्बन्धित फिचर भएकाले सेटिङ चेन्ज नगरी जुम गर्न मिल्ने गरि सफ्टवेर सुधार गर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्