माछापुछ्रे बैंकसंग ह्याम्स र सुमेरु अस्पतालको सम्झौता «

माछापुछ्रे बैंकसंग ह्याम्स र सुमेरु अस्पतालको सम्झौता

माछापुछ्रे बैंक लिमिटेड र काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुपअन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार माछापुछ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने भन्दै कम्पनीले उक्त छुट माछापुछ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीहरुले प्राप्त गर्ने जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थाहरुसंग विभिन्न प्रकारका सेवा उपभोगमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्