संदिग्ध अपराधी समात्न स्मार्ट ग्लास

बेइजिङ-संदिग्ध अपराधीहरूलाई पहिचान गरी समात्नका लागि सुरक्षा नियोगहरूले स्मार्ट चश्मा (ग्लास)को प्रयोग गर्ने योजना बनाइरहेका छन् ।विश्वका कतिपय प्रहरी नियोगहरूले संदिग्ध अपराधीहरूको गतिविधिलाई नियाल्न र उनीहरूको पहिचान गर्न स्मार्ट ग्लासको प्रयोगबारे योजना बनाइरहेका बेला चिनियाँ प्रहरीले यो काम सुरू गरिसकेका छन् ।
चीनले विश्वको सर्वाधिक ठूलो निगरानी कार्यको सञ्चालन गरिरहेको छ । यसका लागि १७०सीसीटीभी क्यामराको उपयोग गरिएको छ । निगरानीका कार्यका लागि तयार पारिएको यो सर्भेलियन्स उपकरणको मदतले चिनियाँ प्रहरीले संदिग्धको पहिचान गर्ने परीक्षण कार्य सुरू गरेको हो ।
गुगल ग्लास जस्तो स्मार्ट ग्लासको प्रयोग गरिएको छ । यो ग्लासको मदतले चिनियाँ प्रहरीले सम्भावित संदिग्धको पहिचान गर्ने प्रयास गरिरहेको समाचारमा जनाइएको छ । चीनको डेटाबेस सेन्टरमा जडान गरिएका प्रविधियुक्त उपकरणको सहयोगबाट सम्भावित अपराधीहरूको अनुहारको पहिचान गर्ने कार्य गरिएको हो । भीडमा देखिएका संदिग्धको फोटो खिचेर त्यसलाई डेटाबेस सेन्टरमा राखिएका अनुहारसँग मिलाएर त्यसको गतिविधिको प्रतिवेदन तयार गर्ने गरिन्छ । यसका लागि संदिग्धहरूको नाम ठेगानाको आधारमा पहिचान गर्ने कार्य गरिरहेका छन् ।
चिनियाँ सञ्चार माध्यमका अनुसार यस प्रविधिको प्रयोगबाट ७ जना अपराधीहरूलाई पक्राउ गर्न सफलता प्राप्त भएको छ । यसैगरी यस्ता ३५ संदिग्धहरूको पहिचान गरिएको छ । ती संदिग्धहरूले नकली पहिचान बनाएर गतिविधि गरिरहेका छन् ।
केन्द्रिय प्रान्त हेननाको राजधानी झेनझाउमा यस्ता ग्लासहरूलाई तैनाथ गरिएको छ । यहाँ मानिसहरू चाप प्लेन र ट्रेन दुवै ठाउँमा बढी हुने गर्छ । यस्तो भीडभाडमा यो प्रविधिबाट संदिग्धहरूको पहिचान गर्ने परीक्षण कार्यलाई अगाडि बढाइएको वाल स्ट्रिट जर्नलले जनाएको हो । चीनमा नयाँ वर्ष आउन लागेको हो । चीनको यो नयाँ वर्षमा मानिसहरूको आवतजावत ठूलो संख्यामा हुने गर्छ । यी ग्लासहरूले यस्तो भीडभाड भएको क्षेत्रमा निगरानी गर्न उपयुक्त भएको बुझिएको छ । चीनको झिंगझियांगमा १ करोडजति उइगुर मुस्लिम समुदायको बसोबास छ । उनीहरूलाई विद्रोही समूहको रूपमा देखिएको छ । उनीहरू मध्येका संदिग्धहरूको पहिचान गर्न यसको प्रयोग गर्न खोजिएको जनाइएको छ ।