बरदुबईमा खुल्यो नेपालीको नयाँ ट्राभल एजेन्सी

यूएईमा रहेका करिब साढे दुई लाख नेपालीहरुलाई लक्षित गर्दै ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा आएको छ । वरदुबईको चोक नजिकै सञ्चालनमा आएको नेपाली ट्राभल एन्ड टुरिजम एलएलसीको गत शुक्रबार उद्घाटन गरिएको हो ।
यूएईमा लामो समयदेखि विभिन्न क्षेत्रका करिब आधा दर्जन व्यवसयि सञ्चालन गर्दै आएका स्याङ्जाका होम रानाभाट र बागलुङका रमेश सुनुवारको संयुक्त लगानीमा सञ्चालनमा आएको ट्राभलमा स्थानीय पार्टनर भने फुजेरा राज्यका राजपरिवारका सदस्य सेख अब्दुलला सुरुर सेइफ अलशारक्वी रहेका छन् । दुबई र अबुधाबी राज्यमा मात्रै नेपालीलाई लक्षित गर्दै करिब डेढ दर्जन नेपाली ट्राभल कम्पनी सञ्चालित छन् ।