मेलम्चीको काम सक्न आर्थिक बोलपत्र मूल्यांकन «

मेलम्चीको काम सक्न आर्थिक बोलपत्र मूल्यांकन

इटालियन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न आर्थिक बोलपत्र मूल्यांकनको काम भइरहेको छ ।
मेलम्ची खानेपानी विकास समितिले आयोजनाको बाँकी काम सम्पन्न गर्न नेपाल र चीनका दुई वटा कम्पनीको आर्थिक बोलपत्र मूल्यांकनको काम गरिरहेको हो । समितिले नेपाली कम्पनी हाई हिमालय हाइड्रो र चिनियाँ कम्पनी सिनो हाइड्रोको प्राविधिक पक्ष स्वीकृत गरी आर्थिक मूल्यांकन गरेको छ । सिएमसीले काम अलपत्र पारेर छाडेपछि बाँकी काम प्याकेजमा सम्पन्न गर्ने गरी समितिले बोलपत्र अगाडि बढाएको थियो ।
आयोजनाले प्रस्ताव स्वीकृत भएको १५ दिनभित्र छनोटमा परेको कम्पनीसँग सम्झौता गर्ने र त्यसको एक महिनाभित्र निर्माण कार्य सुरु गर्ने जनाएको छ । आयोजनाले बाँकी कामलाई मुख्य दुइटा प्याकेजमा विभाजन गरेको छ । त्यसभित्र स–साना गरी १० वटा प्याकेजमा विभाजन गरिएको छ । आयोजनाका अनुसार पहिलो प्याकेजमा १५ महिनाभित्र हेड वक्र्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायतका काम सम्पन्न गर्ने र दोस्रो प्याकेजमा एक वर्षभित्र सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायतका निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्