नयाँ सरकार गठनको बाटो खुल्यो «

नयाँ सरकार गठनको बाटो खुल्यो

राष्ट्रिय सभा निर्वाचनको परिणाम आएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । ५६ पदका लागि बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम आइसकेको छ । अझै ३ सदस्य भने मन्त्रिपरिषद्ले मनोनीत गर्न बाँकी नै छ । ५६ पदमा बहुमत सिटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट निर्वाचित भएका छन् । बुधबार ५६ सिटका लागि भएको निर्वाचनमा एमालेले २७ र माओवादीले १२ स्थान गरी कुल ३९ स्थानमा जितेको हो । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा १३ जना रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनको परिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्रै राजीनामा दिने तयारी गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपनि राष्ट्रिय सभा सदस्य निर्वाचन नभइसकेकाले प्रधानमन्त्री चयनको बाटो अवरुद्ध थियो । प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको परिणाम आइसकेकाले अब नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रतिनिधिसभातर्फ समानुपातिक सांसद चयन भएपछि तीन वटै सभाले पूर्णता पाउने छ । प्रतिनिधिसभातर्फ समानुपातिक र राष्ट्रिय सभामा मनोनित गर्न बाँकी ३ जना मनोनित भएसँगै निर्वाचनको प्रक्रियाले पूर्णता पाउनेछ । यससँगै सरकार गठनका लागि बाम गठबन्धनलाई खुलेको छ ।
राष्ट्रिय सभामा यी परिचित अनुहार
राष्ट्रिय सभामा धेरै नयाँ अनुहार निर्वाचित हुँदा केही भने चिनिएका पुराना अनुहार पनि निर्वाचित भएका छन् । जसमा नेकपा माओवादी केन्द्रका नेता, पूर्व महासचिव रामबहादुर थापा र पूर्व पार्टी प्रवक्ता दिनानाथ शर्मा निर्वाचित भएका छन् । त्यस्तै, माओवादीका नेता कालीबहादुर मल्ल पनि राष्ट्रिय सभामा निर्वाचित भए । त्यस्तै एमालेका पुराना नेता, प्रतिनिधिसभाकै पूर्व सचेतक परशुराम मेघी गुरुङ्ग पनि राष्ट्रिय सभा सदस्य भएका भएका छन् । त्यस्तै, अरु राष्ट्रिय छवी बनाइसकेका राजपाका नेता वृषेशचन्द्र लाल, संघीय समाजवादी फोरमका नेता रामपृत पासवान पनि राष्ट्रिय सभामा छन् । नेपाली कांग्रेसबाट अधिवक्ता, पूर्वसांसद राधेश्याम अधिकारी, केन्द्रीय सदस्य, पूर्वसांसद बद्री पाण्डे, केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे र देउवा सरकारका पर्यटनमन्त्री जितेन्द्र देव पनि राष्ट्रिय सभा सदस्य भएका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद्ले मनोनीत ३ सदस्यमा पनि एमाले, माओवादी र कांग्रेसबाट १-१ जना चिनिएकै अनुहार ल्याउने गरि छलफल भइरहेको छ ।

राष्ट्रिय सभामा को को ?
प्रदेश नम्बर १
निर्वा्चित
अगमप्रसाद बान्तवा राई (एमाले)
खेम नेपाली (एमाले)
विना पोखरे (माओवादी केन्द्र)
नैनकला ओझा (एमाले)
सरिता प्रसाई नेपाली कांग्रेस
हरीचरण शिवाकोटी (एमाले)
परशु राम मेघी गुरुङ्ग (एमाले)
रमेश जंग रायमाझी (कांग्रेस)
प्रदेश नम्बर २
शशिकला दाहाल (माओवादी केन्द्र)
प्रमिला कुमारी (संघीय समाजवादी फोरम)
मुक्ता कुमारी यादव ( कांग्रेस)
रमेश प्रसाद यादव राष्ट्रिय जनता पार्टी नेपाल
सुमन राज प्याकुरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जितेन्द्र नारायण देव (कांग्रेस)
बृषेशचन्द्र लाल (राजपा)
रामपृत पासवान संघीय समाजवादी फोरम नेपाल
प्रदेश नम्बर ३
दिलकुमारी रावल थापा (एमाले)
उदया शर्मा (एमाले)
धनकुमारी खतिवडा (कांग्रेस)
रामबहादुर थापा बादल (माओवादी केन्द्र)
बलराम प्रसाद बास्कोटा (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)
रामचन्द्र राई (एमाले)
सिंहबहादुर विक (एमाले)
प्रदेश नम्बर ४
शान्ति कुमारी अधिकारी जिसी ( एमाले)
दीपा गुरुङ (एमाले)
बिन्दादेवी आले (राना) (कांग्रेस)
दीनानाथ शर्मा (माओवादी केन्द्र)
गणेशप्रसाद तिमिल्सिना (एमाले)
सुरेन्द्रराज पाण्डे (कांग्रेस)
खिमकुमार विक (माओवादी केन्द्र)
प्रकाश पन्थ (कांग्रेस)
प्रदेश नम्बर ५
चन्द्रबहादुर खड्का (माओवादी केन्द्र)
खिमलाल भट्टराई (एमाले)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस)
रामलखन चमार (एमाले)
राजकुमार कुँवर (माओवादी केन्द्र)
कोमल वली ( एमाले)
मिना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस
प्रदेश नम्बर ६
कविता बोगटी (एमाले)
नन्दा शर्मा (एमाले)
युटुल लामा (माओवादी केन्द्र)
नरपति लुवार (एमाले)
जीवनबहादुर बुढा (माओवादी केन्द्र)
कालीबहादुर मल्ल (माओवादी केन्द्र)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
ठगेन्द्र प्रकाश पुरी (एमाले)
प्रदेश नम्बर ७
चक्रप्रसाद स्नेही (एमाले)
महेश कुमार महरा (माओवादी केन्द्र)
तारादेवी भट्ट (कांग्रेस)
इन्दु कडरिया (एमाले)
कमलाकुमारी ओली (एमाले)
हरिराम चौधरी (माओवादी केन्द्र)
शेरबहादुर कुँवर (एमाले)
बद्री पाण्डे (कांग्रेस)

 

प्रतिक्रिया दिनुहोस्