Logo

प्रचण्ड दुबई प्रस्थान, ओली सिंगापुर जाने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपरिवार यूएई प्रस्थान गरेका छन् । उनी मंगलबार दुबई प्रस्थान गरेका हुन् ।
उनी यही १८ गते स्वदेश फर्कने कार्यतालिका छ । प्रचण्ड विशुद्ध पारिवारिक भ्रमणका लागि यूएई गएको उनको सचिजालयले जनाएको छ । कुनै राजनीतिक भेटघाट, वार्ताका लागि नभई पारिवारिक भ्रमणमा लागि उनी दुबई गएको बताइएको छ ।
प्रचण्ड फर्किने दिन नै नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्ने कार्यक्रम छ । मृगौला प्रत्यारोपण गरी नियमित स्वास्थ्य जाँच गराउँदै आएका प्रधानमन्त्री ओली उपचारकै लागि सिंगापुर जान लागेको बताइएको छ ।
अध्यक्षद्वयको भ्रमणकै कारण नेकपाको सचिवालय बैठक दुई सातालाई सारिएको छ । पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकता साउन मसान्तभित्र टुंग्याइसक्ने बताउँदै आएका छन् । तर, अध्यक्षद्वयको भ्रमणले साउन मसान्तभित्र पनि एकता नटुंगिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्