विप्लव समूहका काठमाडौं इन्चार्ज पक्राउ «

विप्लव समूहका काठमाडौं इन्चार्ज पक्राउ

काठमाडौंको बूढानिलकण्ठबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला इन्चार्ज धिरेन्द्र उपाध्याय पक्राउ परेका छन् । उनीसँगै युवा संघका जिल्ला इन्चार्ज कुबेर घिमिरे र प्रेम तामाङ पनि पक्राउ परेका छन् ।
विप्लवले समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा उनीहरु पक्राउ परेका हुन् । सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता–कार्यकर्तालाई पक्राउ गरिरहेको छ । ४ साउनमा भक्तपुरको काँडाघारीबाट विप्लव समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका थिए । त्यसअघि पनि विभिन्न जिल्लामा विप्लव समूहका नेताकार्यकर्ता पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्