बाढीपीडितलाई सिप्रदीयन सहायता संस्थाको राहत «

बाढीपीडितलाई सिप्रदीयन सहायता संस्थाको राहत

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले हालै सप्तरी जिल्ला सप्तकोशी नगरपालिका फत्तेपुरस्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।
सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामग्रीहरु राहतस्वरुप वितरण गरेको छ । साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोहि बमोजिमको राहत सामग्रीहरु वितरण गरेको छ । उक्त राहत सामग्रीहरु स्थानीय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ ।

प्रतिक्रिया दिनुहोस्