चौपाय हिँड्ने बाटोमा पर्यटन पदमार्गको रकम खर्च «

चौपाय हिँड्ने बाटोमा पर्यटन पदमार्गको रकम खर्च

मुगु-कर्णाली पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश निर्देशनालयबाट आएको पर्यटन पदमार्गको रकम मुगु जिल्लाको खत्याड गाउँपालिका अन्तर्गत रहेको एक ठाउँमा चौपाय हिँड्न बाटोमा पर्यटन पदमार्गको रकम खर्च गरेका छन् ।
उद्योग पर्यटन वन वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकार डिभिजन वन कार्यालय मुगुबाट सञ्चालित खत्याड गाउँपालिका–२ जामदेखि चाकपाडेसम्म पर्यटन पदमार्गको नाममा आएको रकम २५ लाख र जनश्रमदान ५ लाख रुपैयाँ गरी जम्मा ३० लाख रुपैयाँ रकमको जामदेखि चाकपाडेसम्मको बीच भागसम्म पदमार्ग भन्दै काम गरेका छन् खासै यो बाटोमा कुनै पनि पर्यटनहरू नहिँड्ने बाटो हो विशेष गरी पशु चौपाय हिँड्ने र कहिलेकाहीँ स्थानीय मानिसहरू हिँड्ने गरेको स्थानीय वासीहरूको भनाइ छ ।
यो पर्यटन पदमार्ग खासै बजेट डिजाइन स्टमेटअनुसार नभएको र विशेष गरी पशुचौपाय चराउने मूल बाटो हो । पर्यटन पदमार्गको नाममा आएको रकम विशेष गरी आन्तरिक तथा बाह्य पर्यटन हिँड्न सहज होस् भन्नका लागि कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण सरकारले दिएको रकम पर्यटन नहिँड्ने ठाउँमा प्रयोग गरिएको एक स्थानीयवासीले बताएका छन् ।
पर्यटन पदमार्ग उपभोक्ता निर्माण समितिका अध्यक्षसँग बुझ्दा डिजाइन स्टमेट अनुसारको काम गरी कार्य सम्पन्न गरिसकेको र यो पर्यटन हिँड्ने बाटो हो भन्ने दाबी समितिका अध्यक्ष बाच्या बूढाले गरेका छन् ।
जामदेखि चाकपाडेसम्म पर्यटन पदमार्गको कार्य सम्पन्न प्रतिवेदन अनुसार खत्यड गाउँपालिका–२ बाट सरोकारवला निकायलाई रकम भुक्तानीका लागि सिफारिस दिएको खासै निर्माण गरिएको पर्यटन पदमार्गको अनुगमन गर्न नगएको र यो बाटोमा पशुचौपाय र एक गाउँदेखि अर्को गाउँसम्म हिँड्ने बाटो हो खत्याड गाउँपालिका–२ का वडा अध्यक्ष लालबहादुर मल्लले बताएका छन् ।
प्रदेश सरकारबाट आएको योजना हो हामीले कुनै केही गर्न नसकिने बिल्कुल कार्य भए नभएको अनुगमन मूल्यांकन गर्ने हो । आफूले हेर्दा खासै पर्यटनका लागि उपभोग नहुने देखिन्छ । कार्यालयबाट खटाइएका प्राविधिकको कार्य सम्पन्न भएको बिलभरपाई अनुसार रकम भुक्तानी दिएको डिभिजन वन कार्यालयका मुगुका कार्यालय प्रमुख भरत बूढथापाले बताएका छन् ।

दानबहादुर बूढा

प्रतिक्रिया दिनुहोस्