दाङको छुर्पी स्वर्गद्वारीमा बिक्री «

दाङको छुर्पी स्वर्गद्वारीमा बिक्री

दाङमा उत्पादन गरिएको छुर्पी स्वर्गद्वारी मन्दिरबाट बिक्री गर्ने गरिएको छ । प्युठान जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको आम्दानी बढाउन दाङमा छुर्पी उत्पादन सुरु गरिएको हो ।
स्वर्गद्वारी आश्रमको जग्गा उपभोग गरेका किसानहरूले उपभोग गरेबापतको अन्न आश्रमलाई दिन छोडेपछि आर्थिक संकटमा परेको आश्रमले मन्दिरको उत्पादन बढाउन आश्रममा पालिएका गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरिएको छ । दाङको घोराही र लमहीमा रहेको आश्रममा पालिएका गाईको दूधबाट छुर्पी उत्पादन गर्न सुरु गरिएको आश्रमले जनाएको छ । घोराहीमा रहेको झिगौरा आश्रममा अहिले छुर्पी उत्पादन गर्ने गरिएको छ ।
आश्रममा पालिएका गाईबाट संकलन हुने दूधबाट छुर्पी उत्पादन गर्ने गरिएको स्वर्गद्वारी आश्रमका प्रशासनिक प्रमुख हरि अधिकारीले बताए । “आश्रममा पालिएका गाईबाट संकलित दूधबाट मन्दिरको आम्दानी बढाउनलाई छुर्पी बनाउन थालेका छौँ,” प्रशासनिक प्रमुख अधिकारीले भने । यसरी उत्पादन गरिएको छुर्पी महाप्रभुको मन्दिर स्वर्गद्वारी आउने तीर्थालुहरूले प्रसादका रूपमा लैजाने गरेको उनको भनाइ छ । छुर्पी दाङको झिगौरा र देउखुरीमा उत्पादन हुने गरेको छ । दाङमा उत्पादन गरिएको छुर्पी स्वर्गद्वारीमा स्थापना गरिएको कोसेली घरबाट स्वर्गद्वारी घुम्न आउने भक्तजनहरूको रोजाइमा पर्ने गरेको छ । “दाङमा उन्नत जातका गाईहरू पालन गरिएको छ, त्यी गाईहरूले दिने दूधबाट छुर्पी उत्पादन गर्ने गरेका छौँ,” अधिकारीले भने, । मन्दिरको दैनिक पूजापाठका लागि आवश्यक पर्ने घिउ उत्पादन सँगै बचेको दूधलाई मेसिन वाट छुर्पी बनाउने गरिएको अधिकारीले बताए । दाङ र देउखुरीमा गरेर दैनिक ५० देखि ६० लिटर सम्म दुध संकलन हुने गरेको छ । दश लिटर दूधको एक किलो छुर्पी बन्ने र त्यसलाई कोसेली घरबाट प्रतिकेजी १२ सयका दरले बिक्री गर्दै आएको आश्रमले जनाएको छ ।
दाङ र प्युठानमा गरी करिब ७ सय गाई छन् । जसमध्ये करिब २ सय गाई दाङमा रहेको आश्रमका अर्का कर्मचारी हरिप्रसाद पोख्रेलले जानकारी दिए ।
स्वर्गद्वारी मन्दिर देशकै चर्चित धार्मिक क्षेत्र हो । मन्दिरमा बर्सेनि देशका विभिन्न स्थान तथा छिमेकी देश भारतबाट हजारौं तीर्थयात्रुहरू आउने गरेका छन् । छुर्पी गाई दुहेर भान्सामा ल्याएपछि त्यसलाई मेसिनमा राखेर घिउ निकालिन्छ । झिगौरामा मात्रै दैनिक एक केजी घिउ उत्पादन हुने गरेको मन्दिरका कर्मचारी पोख्रेलले बताए । घिउ निकालिसके पछिको दूधलाई फटाएर पनिर बनाइ त्यसलाई साँचो अर्थात मेसिनमा राखेर छुर्पी बनाउने गरिन्छ ।
त्यसरी पनिरलाई चाप्दा त्यसमा रहेको पानीको मात्रा निकाले पछि छुर्पी बनाउने आकारमा काटेर छाया पर्ने ठाउँमा सुकाउनु पर्ने पोख्रेल बताउँछन । “म इन्डिया बस्दा त्यहाँ छुर्पी बनाउन सिकेको थिए,” कर्मचारी पोख्रेलले भने । “धेरै वर्ष पहिले त्यहाँ सिकेको सीप अहिले आश्रममा बस्दा प्रयोग गर्दै आएको उनको भनाइ रहेको छ । छुर्पी उत्पादनले मन्दिरलाई आम्दानी हुने गरेको बताए । यसले मन्दिर सञ्चालनमा समेत केही मात्रामा सहयोग पुग्ने बताइएको छ । मन्दिरले यसरी थालेको यस प्रकारको कार्यलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकेमा धेरैले रोजगारी पाउनुको साथै मन्दिरलाई समेत गतिलो आम्दानीको स्रोत बन्न सक्ने थियो ।
३ करोडको लगानीमा डेरी निर्माण गरिँदै
तुलसीपुरमा करिब ३ करोडको लागतमा तुलसी डेरी उद्योग सञ्चालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ परियोजनाका रूपमा तुलसी डेरी उद्योग सञ्चालनमा ल्याउन लागेको हो ।
दुग्ध जन्य सामग्री उत्पादन तथा बजारीकरणका लागि दुग्ध प्रशोधन केन्द्र तुलसी डेरी उद्योग सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष शुक्तराज भण्डारीले बताए । प्रदेश सरकारको २० लाख अनुदान, तुलसीपुर उपमहानगरपालिकाको ४५ लाख ऋण सहयोग र बाँकी संस्थाको २ करोड ३० लाखको लागतमा उद्योग सञ्चालनमा आउने भएको हो । उद्योग सञ्चालनका लागि करिब ३ कठ्ठा जग्गा खरिद गरिसकेको र अन्य आवश्यक उद्योग सामग्री खरिद गरिसकेको अध्यक्ष भण्डारीले बताए । तुलसीपुर मै पहिलो पटक सञ्चालनमा आउन लागेको डेरी उद्योगले दुग्धजन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने अध्यक्ष भण्डारीले बताए ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले संस्थालाई आगामी ३ वर्षभित्र फिर्ता गर्ने गरी ४५ लाखको चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीलाई नगरप्रमुख घनश्याम पाण्डेले ४५ लाखको चेक हस्तारण गरेका हुन् । चेक हस्तारणगर्दै नगरप्रमुख पाण्डेले डेरी उद्योगले कृषि प्रवद्र्धनमा ठुलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्