अशोक लेलैण्ड र गरिमा विकास बैंकबीच सम्झौता «

अशोक लेलैण्ड र गरिमा विकास बैंकबीच सम्झौता

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गरिमा विकास बैंक, आईसीएफसी फाइनान्स र ज्योती विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा गरिमा विकास बैंकबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न सजिलो हुने दुबै कम्पनीका प्रमुखले बताएका छन् ।
कर्जा सुविधासँगै दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने सहमति पनि भएको छ ।
रेमिट्यान्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्